सुन्दर समाज निर्माणका लागि खेलकुदकाे विकास गर्नुपर्छ : आचार्य

चेतना अनलाइन

घाेराही, १८ भदाै । नेकपा माओवादी केन्द्रका पाेलिटब्यूराे सदस्य तथा दाङ जिल्ला इञ्चार्ज एवम् पाेष्टबहादुर बाेगटी स्मृति प्रतिष्ठाका केन्द्रीय महासचिव निर्मल आचार्यले सुन्दर समाज निर्माणका लागि खेलकुदकाे विकास गर्नुपर्ने बताउनुभएको छ ।

आस्था टाेल विकास संस्था घाेराही उपमहानगरपालिका ६ चाेरगाउँ, दाङले आयाेजना गरेकाे टाेल स्तरीय फूटबल प्रतियोगितामा बाेल्दै प्रमुख अतिथि आचार्यले खेलकुदले मान्छेकाे शारीरिक तथा मानसिक स्वास्थ्यलाई राम्राे फाइदा गर्ने धारणा व्यक्त गर्नुभयाे । उहाँले राज्यले खेल क्षेत्रकाे विकासका लागि लगानी बढाउनुपर्ने आवश्यकता ओैंल्याउनुभयाे ।

आचार्यले खेल क्षेत्रकाे विकासका लागि गाउँ आफै पनि जाग्नुपर्ने धतमउनुभयाे । उहाँ जाफूटबल ग्राउण्ड निर्माणमा आफूले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । आस्था टाेलले यसरी बृहत् ढंगले फूटबल प्रतियोगिता निकै अनुकरणीय काम गरेकाेमा प्रशंसा व्यक्त गर्नुभयाे ।

कार्यक्रमा माओवादी नगर अध्यक्ष रमेश वली, नेपाली काङ्ग्रेसका खगिराम वली, एमाले वडा नं ६ का अध्यक्ष तथा जनप्रतिनिधि सदस्य माेहनलाल खड्काले मन्तब्य व्यक्त गर्नुभयाे । कार्यक्रमकाे सञ्चाला प्रविण वलीले गर्नुभएकाे थियाे । कार्यक्रम टाेलका अध्यक्ष हरिलाल चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

प्रतियोगितामा १६ ओटा समूह सहभागी भएका थिए । प्रतियोगितामा मिस्टर बड्डाज टिम प्रथम, सुर्याेदय टाेल (फचकपुर) टिम दाेस्राे र नव बिहानी टाेल पन्नेपुर तृतीय भएका छन् ।

सहिद कृष्णी चाैधरी (आस्था) अर्घाखाँचीकाे सन्धिखर्कमा भएकाे आक्रमणमा ३० वर्षको उमेरमा सहिद हुनुभएको थियाे । कार्यक्रमा सहभागीलाई खिमबहादुर चाैधरी अटलले धन्यवाद ज्ञापन गर्नुभएको थियाे ।

 

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *