अफिमसहित तिन जना पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

घोराही, ३१ असार । रुकुम पश्चिममा प्रहरीले लागु औषध अफिम तस्करीलाई नियन्त्रणमा लिन खोज्दा हवाई फायर गरेको छ । रुकुम पश्चिम बाँफिकोट ५ बस्ने ३५ बर्षीय शंकर पुरीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बाँफिकोट ४ मा जाँच गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्ने प्रयास गरेपछि हवाई फायर गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरीको साथबाट पाँच सय ग्राम अफिम र २६ हजार नगदसहित १ थान मोबाईल बरामद गरेको प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभएको छ ।

यस्तै आठबिसकोट नगरपालिकाको चिसापानी क्षेत्रबाट अबैध लागूऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जाजरकोट नलगाड नगरपालिका ४ का ३४ बर्षिय बिनोद रावल र वडा नम्वर २ का २९ बर्षीय टेकबहादुर रावल रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई केजी अफिम, ३ वटा मोबाईल सेट र पावर बैंक बरामद गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *