तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

तुलसीपुर \ असार ७ । तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । पशुपति माध्यमिक विद्यालयको आयोजनामा बेलझुण्डीको रङ्गशालामा प्रतियोगिता शुरु भएको हो । पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खडकाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख टीकाराम खडकाले नगर क्षेत्रलाई खेलका माध्यमबाट राष्ट्रमै परिचय स्थापित गर्नका लागि खेलाडीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले प्रत्येक विद्यालयमा खेल प्रशिक्षकको व्यवस्था गरेर विद्यालयबाट नै खेलाडीहरु उत्पादन गरिने बताउनुभयो । नगरप्रमुख खडकाले प्रत्येक वडा एक खेल क्षेत्रको अवधारणाका साथ ती खेल क्षेत्रको पूर्वाधारमा विशेष जोड दिइने बताउनभयो ।
असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका विभिन्न विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरुको सहभागिता रहेको छ । नगरप्रमुख टीकाराम खडकाले दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पदमा चौधरीलाई खेल सामग्री हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *