घोराही १४ द्वारा पाँच वर्षे कार्यकालको समीक्षा [प्रतिबद्धता र कामको पूर्ण विवरण सहित]

चेतना अनलाइन

घाेराही । घोराही उपमहानगरपालिका वडा नम्बर १४ का जनप्रतिनिधिले आफ्नो पाँच  वर्षे कार्यकालको समीक्षा गर्दै घोषणा प्रतिवद्धता पत्र अनुसार पुरा गरेका कामको प्रगति विवरण आज पत्रकार सम्मेलन गरेर सार्वजनिक  गरेका छन् ।

 २०७४ सालको चुनावी प्रतिस्पर्धामा होमिदा गरिएका प्रतिवद्धता अधिकांश पुरा गर्न सफल भएको भन्दै २९ बुँदे विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा पत्रकार सम्मेलन गरेर पाँच वर्षे कार्यकालको समीक्षा गरिएको हो । २०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल सकिँदै गर्दा जनताको साथमै रहेर जनतामुखी बन्दै कार्यकाल पुरा गर्न सफल भएको र यसमा वडावासीले साथ दिएको बताउनुभयो । यस्तै अव आउने नव निर्वाचित जनप्रतिनिधिले व्यवस्थित भएका कामलाई पूर्णता दिनुलाई पहिलो प्राथमिकतामा राख्दै जनतामुखी बन्न  आवश्यक रहेको बताउनु भयो ।

 पत्रकार सम्मेलनमा बोल्दै वडा सदस्य फूलमती नेपाली, नैनाकुमारी चौधरी, लछुमन बुढाले पदमा रहँदा जनताको सेवालाई प्राथमिकतामा राखेको र नरहँदा पनि जनताकै हितमै काम गर्ने बताउनु भयो । कार्यक्रमको सहजिकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ।

 

पाँच वर्ष पहिले शक्तिराम डाँगीकाे नेतृत्वले गरेकाे प्रितबद्ता र भएका काम

 

 वडाबासी सबैमा नमस्कार । २०७४ सालमा निर्वाचित भएयता हामी जनप्रतिनिधीले घोषना पत्रअनुसार गरेका कामहरुको कार्यसम्पादन विवरणहरु प्रतिबद्धता नंम्वर अनुसार जस्ताको त्यस्तै यहाँ पेश गरिएको छ 

 

१. घोराही टाउन प्लान विकास क्षेत्रलगाएत वडा नम्बर १४ लाई एकनासको हरीयाली तथा फोहर मुक्त वडा बनाउने घोषणा अन्तगरगत वडा भित्रका सरस्वती, सगरमाथा, गोर्खा, रब्बेलगएतका अधिकांश टोल विसका संस्थामा वृक्षारोपन ग¥यौ । अहिले ति विरुवा ठुलाठुला भएका छन् । यस्तै फोहरलाई मोहरमा बदल्नका लागिसमेत विभिन्न खालका कामहरु गर्दै आएका छौ ।

 

२.हामी निर्वाचित भएर आउदा खानेपानीको निकै समस्या थियो । वडाका सबै टोलहरूमा शुद्ध खानेपानीको प्रबन्ध गर्ने घोषणा अनुसार घोराही खानेपानीसँग समन्वयमा सामुदायिक धारा मात्रै ३० वटा सम्म जडान गरेका छौ । बसपार्क खानेपानी आयोजना सम्पन्न भएको छ भने घोराही खानेपानीको आयोजना पनि सेवार खोलामा समुयील सहितको बोरिङ खानेर पनि सम्पन्न भएको संरचना सञ्चालनमा आयो भने वडाबासीलाई २४ सै घण्टा पानी पुराउन सकिन्छ ।

 

 

३. टोलविकास संस्थालाई विकास निर्माणमा कृयाशिल बनाउनका लागि अधिकार सहितको जिम्मेवार बनाउने योजना अनुसार केही टोलहरुलाई मर्ज गरेका छौँ र धेरैलाई क्रियाशिल बनाएका छौँ । जसका कारणले टोल विकास संस्थाका माध्यमबाट विकास निर्माणका धेरै कामहरु सम्पन्न गरेका छौँ ।

 

४.लखन पार्कलाई व्यवस्थित सहिद पार्क निर्माण गर्ने भने अनुसार अहिले त्यहाँ व्यवस्थित पार्क निर्माणको काम भैरहेको छ ।

 

५. झिंगौराको गाउँलाई थारू सांस्कृतिक पहिचानको पर्यटकिय होमस्टेको विकास गर्ने योजना अनुसार मनकामना समुदायिक वनमा पार्क निर्माण गरि त्यहाँ थारु संग्रालयको परिकल्पना गरेका छौँ । जसका लागी हामीले गुरु योजना समेत बनाएका छौँ ।

 

६. छैठो प्रतिबद्धता अनुसार भिंगौरा, नयाँवस्ती, गोरखालगाएत टोलहरूका कच्ची र साँघुरा सडकलाई नगरको मापदण्ड अनुसार स्तरोन्नती गर्दै ढलसहितको सडक कालोपत्रे गरेका छौँ ।

 

७. वडाको माष्टर प्लान बनाई चहलपहल घटेका क्षेत्रलाई समेटेर व्यवस्थित शहरका रुपमा विकास गर्ने योजनाअनुसार नयाँ बजार तिनकुने चोक नजिकबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेर थप चहलपहल बढाएका छौँ ।

 

८.सार्वजनिक यातायातका साधनहरूलाई वसपार्क बाट मात्र संचालन गर्नका लागि आधुनिक बसपार्कको दोस्रो चरणको सम्पन्न हुदै छ र हामीले तेस्रो चरणको पनि माग गर्छौ । त्यसपछि नमुना बासपार्क देखिनेछ ।

 

९. वडालाई बालमैत्री, अपांग मैत्री, जेष्ठ नागरीक मैत्री, महिलामैत्री बनाउने चुनावी प्रतिवद्धता अनुसार निवार्चित भैसकेपछि टोल टोल हुदै वडा स्तरसम्मका बाल क्लवहरु गठन गरेका छाँै । वडास्तरिय ज्येष्ठ नागरिक दिवा सेवा मिलन केन्द्र समिती गठन गरेर ज्येष्ठ नागरिक दिवा सेवा मिलन केन्द्र सञ्चालन गरेका छौँ । वडा स्तरियआमा समुह गठन गरेर महिलाहरुलाई क्रियाशिल बनाउदै सामाजिक क्रियाकलापमा अगाडी बढाएका छौँ ।

 

१०. सुरुवाती चरणमा बानीको विकास गर्नका लागि बैंकका कर्मचारी सहित हामी पनि घरघरमै पुग्यौ । यो नियमित हुने कार्यक्रम हो । सामाजिक सुरक्षा भत्ता वितरणलाई सरलीकरण गर्ने चुनावी घोषना अनुसार अति अशक्त तथा अपाङ्गता भएकाहरु अहिले बैंमा जानु पर्दैन परिवारकार एक जना सदस्य गएर खवर गरेमा बैंकका कर्मचारी घरमै आएर सामाजिक सुरक्षा भक्ता वितरण गर्ने गर्छ ।

 

११. अटो भिलेजलाई अझ बढि व्यवस्थितगरी यान्त्रीक लर्नीङ सेन्टरको रूपमा विकास गर्ने योजना अनुसार त्यहाँ प्रदेश सरकारको झण्डै २ करोडको बजेटबाट व्यवस्थित कालोपत्रे गरेका छौ । आज भन्दा पाँच वर्ष पहिले र अहिलेको अटो भिलेट फरक छ । यस्तै कृषि योग्य जमिनमा आधुनिक कृषि प्रणाली लागू गर्ने योजना अनुुसार किसानहरुलाई जोत्ने हाते ट्याक्टर अनुदानमा दिने लगाएतका धेरै काम सम्पन्न गरेका छौ ।

 

१२. सेवारखोलाको सुन्दर नगरदेखी ढोडेनीसम्मको तटबन्ध निर्माण गरेका छौँ । कटुवा खोलाको खोलीगाउँ र पुलचोक खोलीगाउँमा तटबन्धको काम गरेका छौँ । केही छुटफुट रहेका कामहरु पनि क्रमिक रुपमा सम्पन्न भैरहेका छन् ।

 

१३. लागु औषध दुर्वेषनी न्यूनिकरण गर्न अभिमुखिकरण कार्यक्रमहरु सम्पन्न गरिएका छन् । धेरै युवाहरुलाई हाउस वाईरिङको तालिम दिएका छौँ । केही युवा देशमै सिप सिकेर विदेश जानु भयो भने केहीले स्थानिय स्तरमै व्यवसाय सञ्चालन गरिरहनु भएको छ । वर्तमान समयमा पनि कृष्णसेन ईच्छुक सिटिईभिटिईको सहयोगमा २० जना ग्रिन बेल्ड, गार्डेन, २० जना वाईरिङ र २० जनाले प्लम्बिक सम्बन्धी तालिम लिईरहनु भएको छ ।

 

१४. रामनगर, सुन्दरनगर, जागृतिटोल आदिको वाटो वत्ती नपुगेका टोलहरूमा प्राथमिकताका साथ विकास गर्ने योजनाका लिएर त्यहाँ खानेपानी, विद्युत पुराएका छौँ । जागृति टोलमा रतनपुरेकुलाबाट बस्तीलाई तनावग्रस बनाउने गरेर पानी बग्ने कुराको समाधान गरेका छौँ ।

 

१५.बसोवास नभएका ऐलानी जग्गाको संरक्षण गरी खेलमैदान पार्क निर्माण र खुला क्षेत्रको रूपमा विकास गर्ने चुनावी घोषना अनुसारको काम गर्न प्रयास गरेर पनि हामी अहिलेसम्म सफल भएका छैनौ भने प्रयासरत छौ । यसका लागि हामीले राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भने अनुसार सबै ठाउँमा बस्ति बसीसकेकाले स्वर्गद्धारी आश्रमसँग वहालमा ल्याउनका लागी प्रयासरत रहेका छौँ ।

 

१६.सेवारखोला वसपार्कदेसि अटोभिलेज सम्म खोल को किनारै किनार वाइपास सडक निर्माण गर्ने यो प्रतिबद्धता पनि प्रयासरत रहेको जानकारी गराईन्छ । हामीले २०७४÷०७५ मावाइपास सडक निर्माणका लागी बजेट समेत छुट्टायौँ तर त्यहाँका उपभोक्ताहरुको असमतिका कारण उक्त काम हुन सकेन ।

 

१७. हामीले लखनपार्क, बालमन्दीर चोकमा सार्वजनिक शौचालय निर्माण गरेर सञ्चालन गरेका छौँ ।

 

१८.घरघर बाट निश्कने फोहरलाई छुटाई कम्पोष्टमल र सजावटका सामाग्री निर्माण गरी फोहरलाई मोहरमा परिणत गर्ने हाम्रो प्रतिबद्धता हो । मैले उपमहानगरको वातावरण विपद व्यवस्थापन महाशाखाको जिम्मेवारी पाएअनुसार फोहरलाई मोहरमा बदल्ने योजनाका साथ फोहरका रुपमा फालिने प्लाष्टिक जन्य फोहरमार्फत् हस्तकलाका सामाग्री निर्माण गर्ने तालिम घोराही १४ झिगौरामा सम्पन्न गरेका छौँ । गल्ने र नगल्ने फोहर छुट्टाउने बानीको विकास भएको छ । हिजोको तुलनामा आज शहर फरक छ । गल्ने फोहरबाट ग्यास उत्पादन गर्ने योजना अनुासर २०७८ चैत्र १९ गते शनिवारका दिन घोराही उपमहानगरपालिकाको वातावरण विपद व्यवस्थापन महाशाखाका संयोजक शक्तिराम डाँगीको अध्यक्षता र नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी प्लान्टको उद्घाटन गरिएको छ ।

 

 

१९. १४ नम्बर वडामा बन्ने बहुउद्देश्यीय सभागृह निर्माणमा ढिला सुस्ती भईरहेकोले तत्काल पहल गर्ने चुवानी प्रतिबद्धता थियो । जनप्रनिनिधी निर्वाचित भएलगतै उद्योग वाणिज्य संघको नारायन भुषालको नेतृत्वमा नयाँ कार्यसमिती निर्वाचित हुनुभयो । अहिले निर्माणको काम सकिएको छ भने अव उद्घाटन चर्ने चरणमा रहेको छ ।

 

२०.वास्तविक सुकुम्बासी छानविन गरी बसोवासको समस्या सामाधान गर्र्ने चुनावी प्रतिवद्धता रहेको थियो । त्यही अनुसार हामीले वडाभित्रका ६ सय २२ जनाको लगत लिएका छौँ भने निश्सा वितरण गरेका छौँ । भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरणको वातावरण श्रृजना गर्ने काम वडा कार्यालयले आफ्नोतर्फबाट गरेको छ ।

 

२१. लामो विवादिन रहेको मिलनचोक–पशु कार्यालय स्वर्गद्वारीटोलको बाटो मापदण्ड अनुसार फुटपाथसहितको सडक निर्माण गरेका छौँ । यसलाई हामीले हाम्रो चुनावी प्रतिवद्धताको मुख्य उपलब्धी ठानेका छौँ ।

 

२२. गुरु योजना बनाएर ११ करोडको लागतमा बदशालालाई अटो भिलेजमा व्यवस्थित गर्ने काम भैरहेको छ । कवाड पसललाई ल्याण्डपिल साईटमा व्यवस्थित गर्ने निर्णय भएको छ भने कार्यान्वयनको पक्रियामा रहेको छ ।

 

२३. २०५८ साल मंसिर ८ गते तत्कालिन शाही सेनाको ब्यारेक मओवादीले आत्रमण गरेपछि बन्द रहेको ढोडेनी गाउँ जाने बाटोको स्थानमा वैकल्पिक नयाँ ट्र्याक खोल्न सफल भएका छौँ । यसलाई महत्वपुर्ण उपलब्धीका रुपमा हामीले लिएका छौँ । अर्काेतिर ब्यारेक भएको नगर विकासको जग्गालाई हाटवजारको लागि व्यवस्थापन गर्न नसकिएपनि धेरै किसानहरुको जग्गा निकाशा खोलेका छौँ ।

 

२४. वडा न १४ मा विकसीत हुदै गरेका खेलमैदान, धार्मिक स्थलहरू संरक्षण गर्न पहल गर्ने घोषणाअनुसार स्वर्गद्धारी आश्रममा व्यवस्थित चौतारीको निर्माण सम्पन्न गरेका छौँ । अर्काेतिर त्यहाँ जाने फुटपाथसहितको बाटो सम्पन्न भएको छ ।

 

२५. वडा भित्रका गरीव तथा जेहन्दार दलित, आदिवासी जनजाती मधेशी मुश्लिम, मिछडिएका वर्गका विद्यार्थीलाई प्लस टु सम्मको अध्ययनलाई निःशुल्क गर्न पहल गर्ने अनुसारका कामहरु हामीले गर्दे आएका छौँ ।

 

 

२६. बालवालिकाहरूको समग्र विकासका लागि टोलमा स्थान पहिचान गरी चिल्डे«न पार्कको रूपमा विकास गर्ने चुनावी घोषनाअनुसारको काम खुल्ला जग्गाको अभावकै कारणले धेरै स्थानमा गर्न सकेका छैनौँ । बालबालिकादेखी लिएर ज्येष्ठ नागरिकसम्म रम्न मिल्ने खालको पार्क झिगौरामा निर्माण भैरहेको छ ।

 

२७. हामीले गुम्राह चोकदेखी रझेना चोकसम्म दायाँ बायाँ फुटपाथ सहित कालेपत्रे गर्न सफल भएका छौँ । त्यसदेखी माथि बैंकरोडसम्म उपभोक्ताहरुको असहमतीका कारण काम हुन सकेन भने बजेट फिर्ता गयो । अहिले भने काम सुरु भएको छ । अस्पताल रोड कालोपत्रे निर्माण गरी व्यवस्थित सडक निर्माण गरेका छौँ ।

 

 

२८. नेपाली सेनाको ब्यारेक नजिक खेरगईरहेको पानीको मूललाई लिफ्ट गरी १४ नम्बर वडाको खानेपानी तथा पार्कको लागि व्यवस्थापन गर्न पहल गर्ने चुनावी प्रतिबद्धता थियो । त्यहाँनेर नभएपनि हामीले घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँग सहकार्य समन्वयमा सेवारखोलामा समुईल बनाएका छौँ ।

 

२८. वडामा संचार र प्रविधीको यथेष्ट पहुँचका लागि वाई–फाई निःशुल्क गर्ने यो पुर्ण रुपमा सफल त भएन । तर यसलाई निरन्तरता दिनुपर्छ ।

 

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *