स्थानीय निर्वाचनको तयारीमा जुट्यो सरकार, सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन

चेतना अनलाइन

काठमाडौं, १९ माघ । केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले निर्वाचनको लागि आवश्यक तयारीलाई तिव्रता हो।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई चुनावी सुरक्षा योजना बनाएर ल्याउन निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा छलफल भएको थियो।

बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने सुरक्षाका सामाग्री र सुरक्षा व्यवस्थाबारे धारणा राखेका थिए। गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणप्रसाद शर्माले स्थानीय तह निर्वाचनबारे तयारी अवस्थामा रहन निर्देशन दिए।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *