माओवादी बैठकमा पदाधिकारीले बोल्ने क्रम सकियो, मंगलबार प्रचण्डले जवाफ दिने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को जारी पदाधिकारी बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठकमा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले धारणा राख्ने काम सकिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

गजुरेलका अनुसार नेताहरूले उठाएको प्रश्नको जवाफ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिनेछन् । बैठकमा बोल्ने सबै नेताहरूले पार्टी लामो समय सत्तामा केन्द्रित हुँदा बिग्रिएको निष्कर्ष निकाल्दै प्रतिपक्षको भूमिका पाउनु अवसर भएको धारणा राखेका थिए । नेताहरूको आचरण, जीवनशैली, जनसम्बन्ध सुधारका लागि यो अवसरको उपयोग गर्नुपर्नेमा सबै नेताहरूको जोड रहेको गजुरेलले बताए ।

‘नकारात्मक रूपमा भन्नुपर्दा माओवादीका लागि जनतामा जाने अवसर प्राप्त भएको छ । एकजुट भएर विचारको बहस र पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । सबैको धारणा पछिल्लो राजनीतिक अवस्था र आगामी योजनामै केन्द्रित रहेर प्रश्न आएका छन् । यसको जवाफ अध्यक्षले मंगलबार दिनुहुन्छ’, गजुरेलले भने ।

करिब १० वर्षपछि प्रतिपक्षमा पुगेको माओवादीको बैठकमा पहिलोपटक सबै पदाधिकारीले आ–आफ्ना धारणा राखेका हुन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *