घोराहीमा पनि धुर्मुस–सुन्तलीलाई दर्शकको साथ उल्लेखनीय

घोराही, ४ फागुन । धुर्मुस–सुन्तलीले ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा आफ्नो प्रस्तुति दिएका छन् । रङ्गशाला बनाउने अभियान असफल भएपछि उनीहरू फेरि सात वर्षपछि मञ्चमा फर्किएका हुन् ।
सोहीक्रममा शुक्रबार घोराही १५ झिगौंरामा जारी एक्सपोमा उनीहरूले ‘मेरी बास्सै’कै चर्चित पात्र जोडी (धुर्मुस सुन्तली) पोशाकमै प्रस्तुति दिएका हुन् । दुवैको केमेस्ट्रीलाई दर्शकले पनि मन पराएको एक्सपोको भिडभाडबाट थाहा पाउन सकिन्छ ।
लामो समयपछि घोराहीमा आउँदा पनि स्थानिय दर्शकको माया र हौसला उस्तै देखिन्थ्यो । दर्शकहरुलाई पेट मिची मिची हँसाएका थिए । उनीहरुले समसामयिक सामाजिक विकृति तथा राजनीतिक विकृतिका विरुद्ध व्यंग्य गरे ।
देश बिग्रँदै गएको, युवा विदेश जानुपर्ने बाध्यता सिर्जना भएको तथा देशलाई नेतृत्व गर्न नयाँ मान्छे आवश्यक रहेको भाव झल्किने प्रहसन प्रस्तुत गरेकाहुन् । मौलिक गाउँले शैलीको उहाँहरुको प्रहसन हेर्नका लागि बृद्धबृद्धाहरु समेत महोत्सव स्थलमा झुम्मिएका थिए ।
यसअघि उनी स्टेजमा नदेखिए पनि कलाकर्ममा भने निरन्तर थिए । फिल्म र भिडिओमा भने उनीहरू देखिँदै आएका थिए । उनीहरु पुनःस्टेजमा फर्किन थालेपछि अहिले मेला–महोत्सवमा उनीहरुको माग बढ्दो छ ।
यस्तै, सोहीदिन चर्चित गायक टंक तिमिल्सना, रास्कोटी मगर, चर्चित थारु गायक प्रकाश पृय कुसुम्या, मोडल दिपक बर्मा, मनिसा अधिकारी, सुरुचि सेन्चुरी, दिलसा कुमाल लगाएत स्थानिय कलाकारहरुले दमदार प्रस्तुति राखेका थिए ।
दाङ चेम्बर अफ कर्मसको आयोजनामा माघ २३ गते सुरु भएको एक्सपो माघ ८ गतेसम्म चल्नेछ । एक्सपोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवद्र्धनका लागि दिइएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, स्थानीय कृषि उत्पादनका बस्तुहरुको बिक्रि वितरण , विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरु सहितका स्टलहरुको व्यवस्थापन गरिएका आयोजक संस्थाका अध्यक्ष विकास अग्रवालले बताए ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *