माओवादी केन्द्रको अभियानमा खट्नेलाई बधाई पत्र, नखट्नेलाई कारवाही पत्र दिने

काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’मा पूरै खट्नेलाई बधाईपत्र दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले चार महिनासम्म चलेको अभियानमा शतप्रतिशत खट्नेलाई बधाई पत्र दिने निर्णय गरेको केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र, १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र र १५ प्रतिशतभन्दा कम खट्नेलाई स्पष्टीकरण पत्र दिएर कारवाही गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *