दाङमा ८८ प्रतिशतलाई पहिलो डोज खोप

भावना सुवेदी

घोराही । दाङमा अहिले सम्म ८८ प्रतिशत नागरिकहरुले कोरोना बिरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार पहिलो डोज खोप लगाउने ८८ प्रतिशत र दोस्रो डोज लगाउने ६१ प्रतिशत छन् ।

कार्यालयका तथ्यांक अधिकृत मेघराज पौडेलका अनुसार पहिलो डोज लगाउने ३ लाख ५० हजार ५ सय २७ जना र दोस्रो डोज लगाउने २ लाख ६७ हजार ६ सय ३३ जना रहेका छन् । जस अनुसार सबै भन्दा धेरै घोराहीका नागरिकहरुले खोप लगाएका छन् ।

घोराहीमा एक लाख २८ हजार ११ जनाले पहिलो र ९३ हजार ४ सय ३० जनाले दोस्रो डोज खोप लगाएका छन् । त्यसैगरी, तुलसीपुरमा ९७ हजार २ सय २३ जनाले पहिलो र ७१ हजार ९ सय ८० जनाले दोस्रो डोज खोप लगाएको अधिकृत पौडेलले जानकारी दिनुुभयो ।

लमहीमा ३० हजार ६ सय ८५ जनाले पहिलो र २६ हजार २ सय ३८ जनाले दोस्रो डोज लगाएका छन् । यसैगरी बंगलाचुलीमा ८ हजार ८ सय ८५ जनाले पहिलो र ७ हजार २ सय १ जनाले दोस्रो डोज खोप लगाएको तथ्यांक छ ।

शान्तिनगरमा १४ हजार ८ सय ८४ जनाले पहिलो र ९ हजार ७ सय ७३ जनाले दोस्रो, बबईमा १४ हजार ३ सय ९५ जनाले पहिलो र १० हजार २ सय ४४ जनाले दोस्रो, दंगिशरणमा ११ हजार ६ सय ३६ जनाले पहिलो र ९ हजार २ जनाले दोस्रो डोज खोप लगाएका छन् ।

राप्तीमा २२ हजार ५ सयले पहिलो र २० हजार ४ सय ५२ जनाले दोस्रो, गढवामा २० हजार एक सय २ जनाले पहिलो र १३ हजार ७ सय ४७ जनाले दोस्रो र राजपुरमा १२ हजार ७ सय ९९ जनाले पहिलो र ५ हजार ५ सय ६६ जनाले दोस्रो डोज खोप लगाएका छन् ।

दाङमा कोरोना संक्रमण सुरु भए यता साढे १३ हजार संक्रमति भएका छन् । ति मध्य २ सय ५२ जनाको मृत्युुभएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जिल्लामा अहिले आईसियूू बेड ६० वटा र १ सय ६८ वटा अक्सिजन सहितको बेड तयारी अबस्थामा रहेको केन्द्रको भनाई छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *