प्रअ भत्ताले विद्यार्थीलाई न्यानो कपडा  

रुकुम, ३० पुस  । रुकुम पश्चिमको एक विद्यालयका गरिब तथा जेहेन्ददार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

जनविकास मावि ज्यामिरको टाकुरा आनपा १४ मा अध्ययनरत ५ जना गरिब तथा जेहेन्ददार विद्यार्थीलाई १ /१ जोर न्यानो कपडा वितरण गरिएको हो ।

जनविकास माध्यामिक विद्यालयका प्रधानाध्यापक दीपक संगम थापाले आफ्नो प्रअ भत्ताको रकमले पाच जना गरिब तथा जेहेन्ददार विद्यार्थीलाई न्यानो पोसाक उपलब्ध गराउनुभएको हो । १ र१ जोर  न्यानो कपडा पाउनेहरूमा कक्षा १ का सन्तोष बिक, कक्षा ४ का डिला मल्ल, कक्षा ४ का गम्भीर चन्द, कक्षा ४ कै अञ्जली चन्द र  कक्षा ६ का मनिका चन्द रहेका छ्न ।

उक्त पोसाक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय मल्ल, पूर्व प्रअहरू खिमानन्द चन्द, शेर बहादुर मल्ल र स्वयम् प्रअ थापाले हस्तान्तरण गर्नुभएको हो । प्रधानाध्यापक थापाले प्रअ भएको समयदेखि नै आफ्नो भत्ताको रकम नलिएर  विद्यालय र विद्यार्थीलाई कुनै न कुनै काममा लगानी गर्दै आउनुभएको छ । प्रअ थापाको सिर्जनशील कार्यप्रति अभिभावकहरू खुसी भएका छ्न ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *