मदन–आश्रित स्मृति दिवसको सन्दर्भ र जनताको बहुदलीय जनवाद

डा.शुरामणि बेल्बासे
परिचय – जननेता मदन भण्डारी र कुशल सँगठक जिवराज आश्रितको हत्या भएको ३२ वर्ष पुरा भएको छ । नेकपा (एमाले) लाई आजको अबस्थामा ल्याउनका लागी दुबै नेताको महत्वपूर्ण योगदान रहेको छ ।यस पटकको स्मृति दिवशका सन्दर्भमा जननेता मदन घण्डारीद्धारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) का बारेमा सैद्धान्तिक विमर्श गर्न खोजिएको छ । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा देखा परेका विविध वैचारिक बहसका विषयहरूमध्ये जबज सबै भन्दा महत्वपूर्ण  विषय हो । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्त वि.सं. २०४९ मा सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट क्रान्तिको कार्यक्रमका रूपमा अनुमोदन गरिएको थियो । नयाँ जनवादी क्रान्तिको सिद्धान्त र कार्यक्रममा थप १४ विशेषताहरू थपेर जबज निर्माण गरिएको छ । बहुदलीयता र जनवाद दुईवटा शब्दहरूको संयोजनबाट बहुदलीय जनवाद बनाइएको छ । बहुदलीयताले शासन प्रणालीको स्वरूप र जनवादले राज्यसत्ताको सार अभिव्यक्त गरेको छ ।जबज नेपालको लोकतान्त्रिक एवं कम्युनिस्ट आन्दोलन र अन्तराष्र्टि«य कम्युनिस्ट आन्दोलनको इतिहासबाट प्राप्त शिक्षाका आधारमा निर्माण गरिएको हो । यसले कम्युनिस्ट आन्दोलन, पार्टी, अर्थतन्त्र र राज्यसत्ताको लोकतान्त्रिकरणमा जोड दिएको छ । माक्र्सवादका मूलभूत सिद्धान्तहरू जबजका सैद्धान्तिक आधार हुन् । माक्र्सवादका सङ्गठक अङ्गहरू–ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको सिद्धान्तमा जबजले थप व्याख्या गरेर योगदान समेत गरेको छ । जबजले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ मान्यताहरू स्थापित गरेको छ । सिद्धान्तका रूपमा जबजको प्रयोग नेपालको कम्युनिस्ट आन्दोलनमा सफल देखिएको छ ।
जबज राष्ट्रिय–अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभव र शिक्षाका आधारमा निर्माण गरिएको छ । माक्र्सवादका मूलभूत मन्यताहरूलाई अनुशरण गर्दै संसारका विभिन्न देशहरूमा माक्र्सवादको सैद्धान्तिक अभ्यास गरिएको देखिन्छ । अभ्यासका दौरानमा ती देशको वस्तुगत परिस्थितिका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरिएको छ । पेरिस कम्युन, सोभियत अक्टुवर क्रान्ति, चीन, उत्तर कोरिया, क्युवा, भियतनाम, लाओस लगायतका देशमा माक्र्सवादको फरक–फरक तरिकाले अभ्यास गरिएको छ । माक्र्सवाद अभ्यासका सिलसिलामा नयाँ सिद्धान्त र कार्यक्रम प्रतिपादन गरिएको छ । जुन देशमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरिएको छ त्यहाँको कम्युनिस्ट आन्दोलन तुलनात्मक रूपमा सफल देखिएको अध्ययनले पुष्टि गरेको छ । जबजको अभ्यासका क्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ मान्यताहरु स्थापित भएका छन् । तीनको संक्षिप्त चर्चा गर्नु वान्छनिय देखिन्छ ।

जबजले स्थापित गरेका नयां मान्यताहरूः
नेपालको कम्युनिस्ट आन्दोलनमा जबजले नयाँ मान्यताहरू स्थापित गरेको छ । जबजले सङ्गठक अङ्गका रूपमा अघि सारेका तीनवटा मान्यताले माक्र्सवादी दर्शन सिद्धान्तमा समेत मौलिक योगदान गरेको छ । पहिलो सङ्गठक अङ्ग–शासन प्रणालीमा द्वन्द्ववादका नियमहरूको प्रतिष्ठापन र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणले कम्युनिस्ट शासन प्रणाली बहुदलीय प्रतिस्पर्धामा आधारित हुनुपर्ने नयाँ मान्यताको विकास गरेको छ । यस मान्यताले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनमा योगदान गरेको देखिन्छ । जबजको दोस्रो सङ्गठक अङ्ग–जनवादी व्यवस्थाको चरणबद्ध विकासले कम्युनिस्ट क्रान्ति सम्पन्न भएपछि जनवादी व्यवस्थाका तीनवटा चरण–पूर्ववर्ती व्यवस्थाका आर्थिक, सामाजिक र साँंस्कृतिक आधारहरू समाप्त पारी नयाँ व्यवस्थाका आर्थिक, सामाजिक र सांस्कृतिक आधारहरू तयार गर्ने र समाजवादमा सङ्क्रमण गर्ने मान्यता अघि सारेको छ । यसले माक्र्सवादी राजनीतिक अर्थशास्त्रको सिद्धान्तमा योगदान गरेको देखिन्छ । त्यसै गरी जबजको तेस्रो सङ्गठक अङ्ग–बहुलवादी खुल्ला समाजले प्रकृति र समाजमा रहेको बहुलतालाई आत्मसात गरी कम्युनिस्ट शासन प्रणालीलाई दिगो बनाउन योगदान पुग्ने देखिन्छ । यस मान्यताले माक्र्सवादको सङ्गठक अङ्ग वैज्ञानिक समाजवादको सिद्धान्तमा योगदान गरेको छ ।
जबजले नेपालको कम्युनिस्ट आन्दोलनमा थप नयाँ मान्यताहरू स्थापित गरेको छ । खासगरी क्रान्तिपूर्व कम्युनिस्ट पार्टीको सरकारको मान्यताले नेपालमा वि.सं. २०६३ पूर्व कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकारहरू निर्माण भएको देखिन्छ । वि.सं.२०५१को नेकपा (एमाले) को मनमोहन अधिकारी नेतृत्वको सरकारले जबजले अघि सारेका सैद्धान्तिक मान्यताहरूलाई कार्यान्वयन गर्न प्रयास गरेको थियो । सरकारका माध्यमबाट आर्थिक, सामाजिक तथा भौतिक विकासमा योगदान गरेबाट कम्युनिस्ट जनमत बृद्धि भएको छ । त्यस्तै जबजले अघि सारेको बहु कम्युनिस्ट पार्टीको मान्यताले एउटै देशमा एउटै (श्रमजीवी) वर्गका एकभन्दा धेरै कम्युनिस्ट पार्टी हुन सक्छन्, कम्युनिस्ट पार्टीहरूका बिचमा पनि वैचारिक, राजनीतिक र साङ्गठानिक प्रतिस्पर्धा हुनुपर्छ, जनताले कम्युनिस्ट पार्टीहरूलाई मतदानका आधारमा चुन्न र शासन प्रणालीको नेतृत्व वा विपक्षमा राख्न पाउनुपर्छ भन्ने मान्यताले नेपालमा विभिन्न कम्युनिस्ट पार्टीहरूका बिचमा सौहाद्रपूर्ण प्रतिस्पर्धा र पार्टी एकतामा योगदान पुगेको देखिन्छ । यदि यो मान्यताको विकास नभएको भए एउटाले अर्को आपूmजस्तै कम्युष्टि पार्टीलाई माक्र्सवादी अर्थात् कम्युनिस्ट पार्टी नमान्ने र उनीहरूका बिचमा एकता–सङ्घर्ष र एकता नभइ सङ्घर्ष–एकता र सङ्घर्ष अर्थात् एउटाले अर्कोलाई बलपूर्वक निषेध गर्ने अवस्था रहन्थ्यो । यसकारण कम्युनिस्ट पार्टीहरूका बिचको एकता सम्भव हुने थिएन र देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्न सम्भव हुने थिएन । त्यस्तै शान्तिपूर्ण वर्गसङ्घर्षको मान्यताले सशस्त्र सङ्घर्षबिना नै देशमा आमूल परिवर्तन हुनसक्छ भन्ने मान्यताको विकास भएको छ । यही मान्यताका आधारमा वि.सं. २०६२÷२०६३ को शान्तिपूर्ण सङ्घर्षका माध्यमबाट नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । साथै यो मान्यताले कम्युनिस्ट शासन प्रणाली स्थापनाका लागि हतियारबद्ध सशस्त्र सङ्घर्ष नै आवश्यक हुन्छ भन्ने पूर्व मान्यतालाई खण्डित समेत गरेको छ ।
जबजले जीवनका निम्ति सिद्धान्तको मान्यता अघि सारेको छ । यसले सिद्धान्तका निम्ति जीवनको मान्यतालाई खण्डित गरेको छ । मानव जीवनमा काम नलाग्ने दर्शन र सिद्धान्तहरू परित्याग गर्ने र काम लाग्ने दर्शन र सिद्धान्तहरू अवलम्बन गर्ने मान्यताको विकास गरेको छ । यस मान्यताले कम्युनिस्ट पार्टीलाई जडसूत्रवादी बन्नबाट रोक्दछ । कतिपय पुराना सिद्धान्तहरू जो आजको समयमा काम लाग्दैनन् तर केही कम्युनिस्ट पार्टीहरूले ती सिद्धान्त अवलम्वन गरिरहेका छन् । उनीहरू राजनीतिक क्षेत्रमा दिनानुदिन कमजोर बन्दै गएका छन् । त्यसकारण सिद्धान्तका निम्ति जीवन नभइ जीवनका निम्ति सिद्धान्त हुनुपर्छ भन्ने मान्यतालाई जबजले स्थापित गरेको छ ।
सिद्धान्तका रूपमा जबजको प्रयोग ः
सिद्धान्तका रूपमा जबजको प्रयोग सफल देखिएको छ । अभ्यासका दौरानमा जबजले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ मान्यताहरू स्थापित गर्नुका साथै लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनलाई सफल बनाउन वैचारिक मार्गनिर्देश गरेको छ । वि.स.२०४६ देखि यताका प्रायः सबै जनआन्दोलन र जनक्रान्तिमा यसको वैचारिक भूमिका रहेको छ । वि.स.२०४६ चैत्रको जनआन्दोलनअघि भाद्रमा भएको नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनबाट संयुक्त जनआन्दोलनको कार्यनीति, माओविचारधाराको परित्याग र बहुदलीयता सहितको जनवादी साशनप्रणालीको विचार अघि सारिएको थियो । संयुक्त जनआन्दोलनको कार्यनीतिले बामपन्थी शक्ति र नेपाली काङ्ग्रेसका बिचमा सहकार्य गरी जनआन्दोलन सफल बनाउन भूमिका खेलेको थियो । त्यस्तै जबजको शान्तिपूर्ण संघर्षको  नीतिले वि.स.२०६२÷०६३ को जनक्रान्ति सफल पार्न महत्वपूर्ण भूमिका खेलेको थियो । जनवादी गणतन्त्र स्थापनाका लागि भन्दै सशस्त्र जनयुद्ध गरिरहेको नेकपा (माओवादी) र संवैधानिक राजतन्त्रलाई आफ्नो सिद्धान्त मान्ने नेपाली काँङ्ग्रेस दुवैलाई राजतन्त्र विरोधी शान्तिपूर्ण सङ्घर्षमा ल्याउन नेकपा (एमाले) ले निकै मिहिनेत गरेको थियो । लामो वहस, छलफल र सहकार्यले यी दुवै राजनीतिक शक्ति शान्तिपूर्ण जनआन्दोलनमा आएका थिए । यस प्रक्रियामा जबजको (कअजयय ि या  तजयगनजत) ले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।  एमालेद्वारा सञ्चालित सरकारहरूले जबजको आर्थिक, समाजिक नीति कार्यान्वयन गर्न प्रयास गरेका देखिन्छन् जुन तुलनात्मक रूपमा लोकप्रिय र प्रभावकारी देखिन्छन् । त्यसै गरी जबजको आधारमा अंघि बढ्दा नेकपा (एमाले) देशको महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ । यी सबै कारणले जबजलाई प्रयोगबाट सिद्ध भएको सिद्धान्त मानिन्छ ।
निष्कर्ष
जबज–कम्युनिष्ट पार्टी, आन्दोलन, अर्थतन्त्र र राज्यसत्ताको लोकतान्त्रिकण गर्ने माक्र्सवादी सिद्धान्त हो । यो माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको सिद्धात हो । यसले माक्र्सवादका मूलभूत मान्यताहरूलाई आत्मसात गरेको छ । माक्र्सवादका दार्शनिक, सैद्धान्तिक आधारहरू जबजका पनि आधार हुन् । जबज नेपालको कम्युनिस्ट आन्दोलनमा प्रयोगबाट सिद्ध भएको माक्सवादी सिद्धान्त हो । यो सिद्धान्तको प्रतिपादनपछि नेपालको कम्युनिस्ट आन्दोलनले सफलता हासिल गरेको छ । सामान्य अवधारणाका रूपमा अघि आएको जबज प्रयोग र परीक्षणबाट नेपाली क्रान्तिको कार्यक्रम र क्रान्तिको सिद्धान्तको चरण पार गर्दै मार्गदर्शक सिद्धान्तको रूपमा स्थापित भएको छ ।
जबजले माक्र्सवादका तीन सङ्गठक अङ्गहरू दर्शन, समाजशास्त्र र राजनीतिक अर्थशास्त्रमा योगदान गरेको छ । यस सिद्धान्तले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ मान्यताहरू स्थापित गरेको छ । सिद्धान्त प्रयोगको विश्लेषण गर्दा जबजले दुईवटा मुख्य क्षेत्र–नेपालको लोकतान्त्रिक आन्दोलन र सरकारका नीति कार्यक्रममा महत्वपूर्ण योगदान गरेको छ । नेपालको २०६२÷२०६२ को शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनलाई वैचारिक रूपमा जबजले मार्गदर्शन गरेको थियो । एउटा राजनीतिक शक्तिले जनवादी गणतन्त्रका लागि सशस्त्र सङ्घर्ष गरिरहेको र अर्को राजनीतिक शक्तिले संवैधानिक राजतन्त्रलाई आफ्नो सिद्धान्त मानिरहेको परिवेशमा दुवै शक्तिलाई राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निम्ति तयार गर्ने कार्य जबजको मार्गदर्शनमा सम्भव भएको थियो । उक्त आन्दोलनमा भएको सहभागिता, सहादत र वैचारिक समन्वय सहितको नेतृत्वले जबजको अहम भूमिका पुष्टि गर्दछ ।
जबजको प्रतिपादनभन्दा पहिले कम्युनिस्ट पार्टीले निर्वाचन जितेर सरकारको नेतृत्व गर्ने विषय कल्पनाभन्दा बाहिर थियो । जबजले नै क्रान्तिपूर्व सरकारको मान्यता अघि सारेपछि  नेकपा (एमाले) ले निर्वाचनका माध्यमबाट सरकारको नेतृत्व गर्ने अवसर पाइरहेको छ । जबजको वैचारिक मार्गदर्शनमा जनसहभागितामूलक विकास, सन्तुलित विकासमा नयाँ आयाम, नौ “स” को कार्यक्रम, आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम, जनता आवास कार्यक्रम, जनताको लागि तटबन्धन कार्यक्रम, सामाजिक सुरक्षा भत्ता कार्यक्रम, गाउँ–गाउँमा सहकारी, घर–घरमा रोजगारी लगायतका लोकप्रिय कार्यक्रम, शासन प्रणालीमा महिला, पछाडि पारिएको क्षेत्र, जाति र भाषिक जनसमुदायको सशक्त समावेशीमूलक सहभागिता, संवैधानिक रूपमा शिक्षा, स्वास्थ्य र रोजगारी जनताका मौलिक अधिकारका रूपमा स्थापित गर्नु, शान्तिपूर्ण रूपमा समाजवादको विकास गर्ने नेपालको संविधानको निर्दिष्ट लक्ष्य बन्नु, सरकारका नीति–कार्यक्रमहरूमा जबजको प्रभाव देखिनु आदिले जबज सहि सिद्धान्तका रूपमा प्रमाणित भएको छ । आजको परिवेशमा जबजका माध्यमबाट अघि सारिएको ” समृद्ध नेपाल, सुखी नेपाली”को उदेश्य पुरा गर्न र समाजवादका आधार निर्माण गर्नका लागी सामुहिक नेतृत्व सहितको बलियो राष्ट्रिय शक्ति एमाले निर्माण गर्न लाग्नु आजका एमाले नेता कार्यकर्ताको मुख्य कार्यभार बनेको छ । नेपालको राजनीतिक परिवर्तन र उक्त परिवर्तनलाई जनताको पक्षमा संस्थागत गर्न नेकपा (एमाले) ले आनो पार्टी जीवनमा अहम भूमिका खेलेको छ । नेपालको समृद्धि, स्वाभिमान र जनताको सुखी जीवनका लागी सरकारमा हुँदा वा नहुँदा अहम भूमिका खेलेको छ । नेपाललाई बिकसित राष्ट्र बनाउन र बैज्ञानिक समाजवादको स्थापना गर्न आजका एमालेजनले अँझै धेरै मिहिनेत गर्न जरुरी छ । मदन–आश्रित स्मृति दिवशका सन्दर्भमाजबजको मार्गदर्शनमापार्टीलाई थप शसक्त बनाउन लाग्न जरुरी छ ।मदन–आश्रित प्रतिहार्दिक श्रद्धासुन ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *