जयन्ती चौधरी
२६ कार्तिक, तुलसीपुर। तुलसीपुरमा व्यक्तिगत घटना दर्ता गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । तुलसीपुर उपमहानगरपालिकामा चालु आर्थिक वर्षको साउन महिनाको १ गतेदेखि कात्र्तिक २५ गतेसम्म २ हजार ८ सय ५९ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको पञ्जीकरण शाखाका प्रमुख कृष्ण वलीका अनुसार दफा १० को उपदफा १ बमोजिम मृत्यु दर्ता, सम्बन्ध विच्छेद, विवाह, बसाइसरी आएको, बसाई सरी जाने दर्ता गरी २ हजार ८ सय ५९ वटा व्यक्तिगत घटना दर्ता भएका हुन् ।
पञ्जीकरण शाखाले उपमहानगरपालिका भित्रका १९ वटै वडाका व्यक्तिगत घटनाहरु दर्ता गर्दै आएको छ । व्यक्तिगत घटना दर्ताका लागि उपमहानगरपालिकाले शुल्क नलिएको प्रमुख वलीले बताएका छन् ।