सेनाले गाेलिकाे वर्षा चलाउँदा भागेर ज्यान जाेगाएकाे क्षण

पूरन शर्मा

उसोत रामपुर म मौका मिलेसम्म जानेनै गर्छु,ऊ सँग मेरो बिशेष साइनो/संबन्ध छ,कठोर बर्ग संघर्षताका मिनि रोल्पा भनिने यो ठाउँको जनयुद्धमा विशिष्ट स्थानछ,यसपालिको रामपुर यात्रामा भने अलि फरक अनुभुती भयो,पुरानो यादआयो,ती बाटा/गाउँ घर अनि खेत/वारि,आलि/काल्ना सबै हेरेँ,टोलाएँ, दाङ बन्दको बेलामा शाहिसेनाले गोलि चलाउदापनि बाँचेको यादआयो,थोरै तपाईं सँगपनि साटौं है!.

कुरो २०५८चैत्र २ गतेको हो,खेतभरि चना/मसुरो/गहुँ पाक्दै थियो कतै काट्दैपनि,सुरुवाति गर्मिको दिन दिउसो घाम थोरै चर्कोएको,पुर्व सिमलतारा हाम्रो अघोषित जिल्ला कार्यालय,त्यो दिन स्थानीय पार्टि नेताको राज्यद्वारा गरिएको गैरन्यायिक हत्याको बिरुद्ध पार्टीले जिल्लाबन्द आह्वान गरेकोथियो, बिद्रोहि शक्तिको प्रभाव,जनसमर्थन वा निर्विकल्प घोषणा जे अर्थ्याएपनि बन्द भनेपछि,पुरै ठप्प बन्द हुन्थ्यो,स्थानीय पसल खोल्नदिने चलन भएपनि अरुसबै बन्दै हुन्थे,त्यसदिन पनि सन्नाटा नै थियो,सदरमुकाम घोराहि तथा मुख्यबजार बाहेक अन्यत्र ग्रामिणभेगमा स्थानीयले मोटरबाइक चलाउथेनै,हामी दुइभाई क.बिशाल बुढा र म कामबिशेषले जिल्ला कार्यालय बाट ओखरा जाँदैथियौं,आफ्नो प्रभावक्षेत्र भएकाले सजिलो मुलसडकबाटै पैदल थियौं, सुर्केडाँगि बाट दक्षिणीबाटो मोतिपुर बालापुर हुँदै जाने योजना भएपनि,सिमलताराबाट हाम्रा स्थानीय सहयोगी अोलि थरका दाजु बाइकमा रामपुर जाँदै हुनुहुदो रैछ,बुका स्कुलको नजिकै हाम्रो भेटभयो,आफू एक्लै बाइकमा,हामिलाई गर्मिमा पैदल देखेर उहाँले आफूसँगै जान आग्रह गर्नुभयो, “३जना हुन्नहोला तपाईं जानुस् हामी तल्लो बाटो जानिहो” भन्दा पनि उहाँले मान्नुभएन, “गैहालिन्छ कति लोड पर्लार?” दुब्ला हामीलाई हेर्दै उहाँले भनेपछि हामिपनि सजिलो यात्रामा लोभियौं,गर्मिले हैरान पनित् बनाएकै थियो!

On poller स्यानो छड्के झोला,walkman मात्रै बोकेका हामी जसोतसो बाइकमा बसेर यात्रा थोरैअँगाडि बढाएका थियौं,अहिलेको चेपेड्यामको ठाडो ओरालो सुर्केडागिको उकालो हुँदै पन्थटोल ठुटिपिपल पुग्दा मैले केही अस्वाभाविक हलचल/चहलपहल अनुभुत गरेँ,क.बिशाललाई थप विश्वस्तता कालागि आग्रह गरे,उहालेपनि “केही कालामान्छे छन्,ख्याल गरौं” भन्ने सल्लाह दिदैगर्दा,एकोहोरो चलेको बाइक निक्कै नजिक गैसकेको थियो,रामपुर बजारको पुर्विछेऊँ बाँसघारि नजिकै रहेको लक्ष्मण पाण्डेको घरछेँउ थुपारिएको पुरानो ढुंगा थुप्रिएको माथि सरकारि सेना छपक्कै बसेकारैछन्,केही अलि अगाडि सडकछेउको छवि टेलरको पुर्विसुरमा पनि,त्यो खतरा देखेर अोलि दाजुलाई बाइक रोक्न भन्न भ्याउदासम्म बाइक छवि टेलरको घरैनजिक पुग्यो,कारण ओलिजिलाई त्यो खतरा बारे कुनै सङ्का/सुँइकोनै रैनछ,ढुक्कताको पनि हद हुन्छनि!हत्तपत्त उहाँले बाइक रोक्नुभो,म झट्टपट्ट झरेर कुलाको छेऊ आलिबाट दक्षिण मोतिपुर भुसालटोल जाने गोरेटोबाट हिड्न थालेँ,जस्तोकि केही भएकै छैन्,तर बन्द बिरुद्धमा खटाइएका सेना किन लाटो हुन्थ्योर?थाहा पाइहाल्यो रोक्न अडिन आदेश गर्यो,म नसुनेझै एकोहोरो हिँडिरहे किनकि रोकिए मृत्यु निश्चित छ तर दौडिए जिवनको संभावना!

आफ्नो आदेशको अटेरि भएपछि सायद सेनामा आक्रोश बढ्योहोला स्वभाविकै हो,बन्दकर्ता बिद्रोहि खोज्न/मार्न आएका उनिहरु आफ्नै आदेश नमानि अटेरिगरि दुईयुवा हिडेको देख्दा बन्दकर्ता भनीऔंल्याउनु अनौठो भएन,एकाएक धेरै संख्यामा उनिहरुको उपस्थिति देखियो,उता पाण्डेको आगनमा भएकाहरु पनि आएछन्,कमान्डरको आदेश अब पकड्न/ रोक्न होइन गोलिहान्न आयो, “ठोक सालेलाई” यो आवाज मैले सुन्दा,म चनाको खेतमा थिएँ,पाक्नै लागेका चना खुट्टामा ठोकिदा आउने आवाजले अरुआवाज सुन्न दिएको थेन,आफुमात्रै दौडने चेतमा एकोहोरो दौड्दैथिएँ,सोँचेजस्तै गोलि चल्यो,SLRको अटो फाएरिङ चिटिङsssचिटिङsss भाग्दै गर्दा कतिकतिबेला उनिहरुतिर पनि हेरिन्थ्यो र देखिन्थ्यो २/३ लाइनमा उभिएका र गोलि हानिरहेका,केही खेतबाट त् केही सडकबाटै अनि ५/६जनाको २/३ग्रुप भने दौड्दैथिए सायद दौडेर घेराहाल्ने र छोप्ने वा मार्ने योजना हुनसक्थ्यो!अड्कल/अनुमान दिमागले गरिरहन्छ तर खुट्टा नरोकिई निरन्तर दौडमैछन्,गहुँ मसुरो चना केराउ सबै नाग्दै फङ्गाल्दै आलिहरु,गोलि चलिरहेकै छ!

म त्यो भौगोलिक स्थितिको थोरधेर जानकार थिएँ तर विशाल केही कम,उहाँ सुरुमा मेरै पछि लागेपनि सेनाले फायर गर्न थालेपछि फरकवाटो दौडनुभएछ,सोझै दक्षिणतर्फ मोतिपुर जयन्द्रजि को घरतर्फको मोटरबाटै बाटो,म भने थोरै उत्तरबाट पुर्बतर्फ बाङ्गिएँ किनकि ध्यान भाँड्नु/शक्ति बियाल्नु थियो, सँगै आफ्नो सुरक्षाकोपनि सवाल,केही अगाडि खेतमा ठूलो खोल्सोथियो,गोलि निरन्तर चलिरहेकैछ,कतिबेला पातलो चल्छ कतिबेला अलि चर्को बाक्लो,एक्कासि निकै ठुलो आवाजमा अटोमेटिक राइफल LMG चल्यो,सोचे अबभने मरिन्छ,दुरि धेरैटाढा छैन फौज ठुलोछ,म एक्लै,हतियार अटोमेटिक तर संयोग त्यहिबेला म खोल्सामा झरेकोरैछु खोल्साबाट उक्लदा गोलिकोअटो आवाज रोकियो,स्यानातिना गोलि चल्दैथिए,निरन्तरको दौडाइ छदैछ!थोरै खेतपछि घरहरु थिए म त्यतै लागे,त्यता अलि रुख/झाडिहरु पनि थिए अनि अल्मल्याउने बाटोहरुपनि!

आगमा तोरि मसुरोको घान छ,दाइ हाल्दैका मालामा नारिएका गोरुसहित मान्छे छैनन्,सायद गोलिको आवाजले घरभित्र लुकेको हुनुपर्छ,हातको डायरि त्यहि दाँइको घानमा हुत्याएर फालेँ,डरथियो कतै त्यो डायरि भेट्यायो भने..कतिपय गोप्य कुराहरुपनि थिए त्यसमा तर दौड्दा अल्झन फाल्नैपर्यो, कहिले करेसा कहिले आगन,पुर्वि पाखावाट दौड्दै अबभने भट्टेटारको पुछार बाट अघर्रेको सिरानमा पुगेँ,पछाडि हेर्छु बेला बेला केही सेनाहरु पछि लागेकैथिए,त्यस्तै ५/७जना उनिहरु भुगोल थाहा नभएर हो वा शुरक्षाको चुनौतीले हो सक्नेजति दौडेका थिएनन्,कतै बिद्रोहि युवाप्रतिको दया/माया जागेरपो होकि!?हैन होला दया हुनेले किन गोलि हान्थ्यो होलार!?जति घर आउछन् त्यति घरमा आगनमा मैले केहिन केही फाल्दै हिँडे किनकि मलाई भार कम गर्नुथियो,सँगै लखेटिरहेको सेनाको ध्यान अल्झाउनु/बिँयाल्नुपनि,दौड्दा दौड्दै खोल्सा पारगरि अघरे कृष्णकमल आचार्यको आगनमा पुगेँ,त्यहाँ मैले Sony Walkman छाडे,उहाँ हाम्रो अभिभावक,रुक्ने कुरागर्ने कुनै कुरै छैन,लखेटाईमा परेको ज्यान जोगाउनु जो छ!
अब सामान फाल्दा बचेको एउटा One polarस्यानो झोला मात्रै बचेकोथियो,त्योपनि मलै सोतामाथि बन्दैगरेको घर बाटोको दक्षिण खाल्टोमा फालेर म खोल्सातिर दौडिएँ,पल्लो पट्टी लामिडाँडातिर केही मान्छे दौडिएको देखिन्थ्यो,अनुमान सेनानै हुनुपर्छ,पछिपछि आएको समूह लखेट्दै केही पर थियो, गोलिचल्न रोकिएकोले गति थोरै घटेकोथियो,थकाइपनि बढेर होला पसिना निरन्तर चुहिदैथियो,चैत्रमासको गर्मि त्यसैमा मृत्यु को भय,एक्कासि फेरि ठूलो आवाजमा बिस्फोट भयो,मलुके धारा नजिकैको आवाजथियो SLRको फेरि गति बढ्यो, अब भने बाटो सजिलो थिएन,दलदल/भाष थियो जतापनि भासिने मात्रै,सोता साँघुरो भएकोले कतै देख्न नसकिने,निरन्तर दौडाइ कायमै थियो,जुत्ता हिलोले गह्रुगा भैसकेकाथिए,थकाइ उत्तिकै, म तल खोल्सामा सेना माथि डाँडाको गाउँमा,कामनाको घर- भण्डारीको घर हुदै उनिहरु घेरा कस्ने दौडमा थिएभने यता सिमको खेतमा म घेरा तोड्ने योजनामा,केही समयको दौडाइ पछि म डुँडखेत हुँदै बंबई खोला पारगरि पल्लोपट्टि खयरको जंगलमा पुगे,स्यानो आँपको फेदमा थकाइ मारेर अब सुरक्षित महसुस भएको थियो!

आँपको छहारिमा कपडा खोलेर बस्दैथिए,गाउँतिर होहल्ला सुनिन्थ्यो लामिडाडा अनि अघरेतिर एकछिनपछि हल्ला केही कमभयो,टाकुरे अमर/तुलसिको खरबारि सम्म आएर केही सैनिकहरु फर्किएको देखिरहेको थिएँ,दुरि अलि टाढाभएको थियो अहिले,केही समयपछि सेतो हाफ टिसर्टमा एउटा युवा आफैतिर आइरहेको देखिए,ती युवा उनै अघि छुट्टिएका क.विशाल रहेछन्,उनलाई आफ्नो भेस्ट भिजाएर ल्याउन आग्रह गरेँ,पानिको प्यास तिब्रथियो,भिजेको भेस्टबाट चुहेको पानी शरिरमा चुहाई केही थोपा मुखमापनि हालियो,अल्लि आराम/शान्ति मिल्यो,यतिञ्जेल होहल्ला शान्त भइसकेको थियो,करिब डेढ दुइघण्टा नदिेछेँउ जंगलमै बसि अबभने गाउँ तिर फर्कने बिचारभयो,सल्लाहगरि बिस्तारै अघरे थारुगाँउ क.छोटिलालको घरहुदै गयौं,त्यहाँ “अँझै यतैबस उता गाउमा अलि बुझेरमात्रै जाउ” भन्ने सल्लाह थियो!माया/स्नेह त्यहित् हो गाउँले आफन्तको!उता सबै घरमा पसेछन्उनिहरु(सेना) “त्यो पुरने मर्छ,आजत् बाँच्यो” भनेको,पछि मामाहरुले सुनाउनु हुन्थ्यो!उहाँहरुपनि निकै डराउनुभएछ,भान्जलाई मार्यो भन्ने ठानेर,तर सेनाकै मुखबाट “तेरो भान्जा आजत बाँच्यो” भनेको सुनेपछि केही राहतको महसुस भएछ,नहोसपनि किन आखिर् आफ्नैलागि लडेको यौटायौध्दा त्यसैमा झोलिका भान्जा!

केहिसमयको बिश्रामपछि खबर पाइयो,सरकारि सेना बंबई सम्म पुगेन,लामिडाँडाबाटै फर्कियो,पुर्व सुर्केडाँगि सम्म गयो त्यहाबाटपनि फर्कियो र रामपुर छाडि घोराहि गयो,अबभने अघि दौड्दा ठाउँठाउँमा फालेका सामानहरु खोज्दै हिड्यौं, केही भेटिए केही भेटिएनन्,सबैमा अनौठो डर र मायाको भाव अनुहार/बोलिमा पाइन्थ्यो!हामीलाई जिउदै देखेपछि शान्तिको सास फेरेको देखिन्थ्यो,केही संझाइ/बुझाइपछि हामी भेटिएका डायरि कपडा सामान बटुल्दै आफ्नो गन्तव्य उहीँ बञ्जाडि अोखरा गयौं भने उता हामीलाई बाइकमा बोक्ने सिमलताराका मोहन दाजुलाई भने सेनाले कुट्दै पिट्दै घोराहि ब्यारेकमा लगेछ,महिनौं यातना तारेख सहित दु:ख दिएछ,त्यसैपनि बिरामि उहाँ सहयोगी भावनाकै कारण राज्यको दमनमा पर्नुभो मार्न नमारेपनि अर्ध अपांग बनाइ छाडेछ,पछिको भेटमा उहाले आफ्ना ब्यथा सुनाउदा दु:ख मान्नुबाहेक के गर्न सकिन्थ्यो र!आखिर राज्यनै आतंकमा उत्रियपछि,हामी त्यो बलिदानको यथोचित उपलब्धि रक्षामै छौं!!-२०८१/१/६

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *