चेतना अनलाइन
घोराही, ८ असोज । दैलेखबाट दशै खर्च माग गर्न आउनुभएका राउटेहरुलाई घोराही उपमहानगरपालिकाले १५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
नगर प्रमुख नरुलाल चौधरीले राउटेहरु लालबहादुर शाही, विर्खे शाही र जीवन शाहीलाई १५ हजार रुपैयाँ नगद दशै खर्च उपलब्ध गराउनुभएको हो ।
राउटे युवाहरुले नगर प्रमुख सँगै उपप्रमुख हुमाकुमारी डिसीलाई समेत भेट गरेका छन् ।
उपमहानगरले दशै खर्च उपलब्ध गराएपछि आँफूहरु निकै खुसी भएको लालबहादुर शाहीले बताए । नगरप्रमुख चौधरीले आँफूहरुलाई निकै सम्मानपूर्वक व्यवहार गरेको समेत उनले जानकारी दिए । ‘नगरप्रख नरुलाल चौधरी र उप्रमुख हुमा डिसीले हामीलाई निकै राम्रो व्यवहार गर्नुभयो, दशै खर्च पनि दिनुभयो, हामी निकै खुसी भएका छौं ।’