स्वतन्त्र विद्यार्थी युनियन पद्मोदय क्याम्पस घोराही दाङको आयोजनामा क्याम्पस प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पद्मोदय क्याम्पस स्ववियु सभापति विश्नु गोराथोकीको अध्यक्षता एवम् क्याम्पस प्रमुख किरण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्प्नन भएको हो ।
कार्यक्रममा नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेल , अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महरा , जिल्ला समन्वय समिती दाङकी सदस्य जुनु मगर , अखिल (क्रान्तिकारी) दाङ पुर्बी क्षेत्रका संयोजक दिपक केसि , महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापती मनोज डाँगी , स्ववियु सदस्य सुशिला घर्तीमगर , अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस संयोजक प्रसान्त पोख्रेल, नेविसंघ दाङ सदस्य गुरु गौतमकाे कार्यक्रममा सहभागी रहनु भएको थियाे ।
वातावरणमा स्वच्छ राखौं प्रकृतिकाे संरक्षण गरौँ भन्ने उद्देश्यले अायाेजना भएको कार्यक्रममा बिद्यार्थी र शिक्षककाे सक्रियतामा क्याम्पस प्रमुख किरण पौडेल र जुनु मगरले मन्तव्य राख्नुभएको थियाे । बिद्यार्थीले अाज सात प्रजातिका (९०)बिरुवा सहित बिभिन्न फुलहरु पनि राेपेका छन ।। कार्यक्रममा स्ववियु तर्फ अस्मिता पाण्डे, अनुशा शर्मा, अस्मिता रेग्मी, गङ्गा बाठा मगर, सङ्गिता चौधरी,येमुना पाण्डेय, बिद्यार्थी, शिक्षक सहित ४० जना सहभागी रहेकाे कार्यक्रमकाे सहजिकरण स्ववियु सचिव अस्मिता पाण्डेले गर्नुभएको थियाे ।।

									
									
									
									
									
									

						


										
										
										
										
										
										





