काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
नायँ प्रस्ताव अनुसार उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ। बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्।
आज आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरूलाई नयाँ जिम्मेवारी तोकेको हो । कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा पेस गरेर पास भएपछि कार्यान्वयनमा आउने छ ।
सचिव देवेन्द्र पौडेल मधेश प्रदेशको इन्चार्ज भएका छन्, भने सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।
यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।

									
									
									
									
									
									

						


										
										
										
										
										
										





