मन्त्री मास्कीद्वारा सग्राम ब्यारेकको अवलोकन

तुलसीपुर, १३ साउन । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर १९ स्थित संग्राम ब्यारेकको अवलोकन गर्नुभएको छ । शनिबार मन्त्री मास्कीसहितको टोलीले उक्त ब्यारेकको अवलोकन गर्नुभएको हो । प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलनका घाइतेृ स्याहार केन्द्रको अध्ययन तथा निर्माणकालागि दुई करोड बजेट छुट्याएको छ । सोही स्याहार केन्द्र निर्माणकालागि संग्रहालयको अवलोकन गरिएको मन्त्री मास्कीले बताउनुभयो । शान्ति प्रक्रियापछि भएको सेना समायोजनसँगै खाली भएको सक्राम ब्यारेक संरक्षण र प्रयोग नहुँदा जीर्ण बन्दै गएका छ । यसलाई उचित संरक्षण दिन सकेको छैन । पटक–पटक उक्त ब्यारेकलाई संग्राहलय बनाउन माग उठेपनि त्यो अनुसार काम अघि बढ्न सकेको छैन ।

केही बर्ष अघि सोही स्थानलाई क्रान्ति संग्राहलय बनाउने गरि चर्चा पनि गरिएको थियो । तर, त्यो काम पनि अगाडी बढ्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममा ब्यारेकलाई क्रान्ति संग्रहालय बनाउने कुरा उल्लेख गरेको थियो । तर, त्यो नीतिमा मात्रै सीमित भयो । सरकारी लगानीमा शिविरका लागि निर्माण गरिएका करोडौंका पूर्वाधार जीर्ण भइसकेका छन् ।

परेका बजेटको पनि कार्यान्वयन हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले २०७४ मै ४० लाख बजेट हालेको थियो । तर, त्यो बजेन कार्यान्वयन हुन सकेन् । आर्थिक बर्ष २०७८÷०७९ मा लुम्बिनी प्रदेश सरकारले २५ लाख बजेट हालेको थियो । त्यो पनि कार्यान्वयन हुन सकेन् । त्यहाँ दुई वटा सामुदायिक बनको विवादले गर्दा पनि परेका बजेटहरु कार्यान्वयनमा समस्या आउने गरेको थियो । क्रान्ति संग्राहलय उपभोक्ता तथर्द उपसमिति संयोजक देवराज वलीका अनुसार संग्राहलय रहेको लामाखोला सामुदायिक बन र नजिकै रहेको रानी सामुदायिक बनबीच सीमा विवाद थियो । त्यसले गर्दा पनि आबश्यक प्रक्रिया अगाडी बढाउन समस्या हुँदा आएका बजेट पनि कार्यान्वयनमा समस्या हुने गरेको थियो । तर, अहिले भने त्यो समस्या समाधान भएपछि चालु बर्षमा प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट काम भइरहेको छ ।“यस अघि बनको विवादले पनि कसले सिफारिश गर्ने भन्ने कुराले विवाद उत्पन्न थियो”, उहाँले भन्नुभयो“अब भने त्यो समस्या हटेर गएको छ, काम अघि बढिरहेको छ ।” अहिले १० लाखले चिल्ड्रेन पार्क, पिङ, चिप्लेटीलगायतका संरचना निर्माण भइरहेको र काम अन्तिम चरणमा पुगेको अध्यक्ष वलीले बताउनुभयो ।

त्यहाँ ५ लाखको लागतमा तुलसीपुर उपमहानगरपालिकाले डीपीआर पनि तयार गरेको छ । क्रान्ति संग्राहलय बनाउने भन्दै बनाएको डीपीआर अनुसार १६ करोड लागत अनुमान गरिएको छ । त्यहाँ एक ब्रिगेडका ५ सय ३४ लडाकु बस्ने गरी पूर्वाधार तयार पारिएको थियो ।

ब्यारेकमा प्रयोग भएका एक क्षेत्रका २/४ वटा पूर्वाधार मात्रै शिविरको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले केही समय अघिसम्म प्रयोग गरेको भए पनि सशस्त्रले पनि ब्यारेक छाडिसकेको छ । तत्कालीन अवस्थामा ब्यारेक निर्माणका लागि राज्यले ४ करोड खर्च गरेको थियो । ब्यारेककै लागि विद्युत्, खानेपानी र सडकमा समेत लगानी गरेको थियो । हाल शिविरको स्वामित्व तुलसीपुर उपमहानगरलाई हस्तान्तरण गरिएको छ । ब्यारेक १० विघा क्षेत्रफलमा बनेको छ । लामाखोला महिला सामुदायिक वन क्षेत्र, नर्सरी र केही खेत ब्यारेकका लागि प्रयोग भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *