नेपाल सरकार स्वास्थ्य विमा बोर्डको आयोजनामा स्वास्थ्य विमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम कपुरकोट गाउँपालिकामा सम्पन्न भएको छ ।
गाउँ कार्यपालिकाका सदस्यहरु, गाउँ पालिकाका कर्मचारीहरु, साथै स्वास्थ्य विमा बोर्डका दर्ता अधिकारीहरु समेतको उपस्थितिमा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष श्री दुर्गा बहादुर पुनज्यूको संयोजकत्वमा पालिका स्तरिय ७ सदस्यीय स्वास्थ्य विमा संचालन निर्देशन व्यवस्थापन समिति समेत गठन भएको हो । यसै आ व देखि गाउँपालिका अन्तरगतका सबै वडाहरुमा अनिवार्य स्वास्थ्य विमा लागु गर्ने समेत निर्णय भएको छ ।
५ जना सम्मको परिवारका लागि वार्षिक विमा शुल्क रु ३५०० रुपैया मात्र लाग्नेछ भने थप सदस्यहरुको प्रति व्यक्ति रु ७०० का दरले विमा शुल्क लाग्नेछ तर अति गरिव परिवार, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, HIV संक्रमित व्यक्तिका परिवार, MDR क्षयरोगीका परिवार, कुष्ठरोग संक्रमितका परिवार, अति अशक्त अपाङ्गता भएका व्यक्तिका परिवारहरुलाई भने निशुल्क स्वास्थ्य विमा गरिने भएको छ साथै महिला स्वास्थ्य स्वयमसेविका र उनका परिवारले भने स्वास्थ्य विमा योगदान रकममा ५०% सहुलियत पाउनेछन ।