दाङ– घोराही उपमहानगरपालिका वडा नं. १७ की सृष्टि योगी गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । सामान्य परिवार उनी जीवनशैली पनि सामान्य नै देखिन्छ । हजुरमा आमा सहित उनको ५ जनाको परिवार छ । उनका भाई पनि सोही विद्यालयमा अध्ययन गर्र्छन । उनका बाबुुको हलुका सवारी चालकको जागिर गर्छन । उनी तेक्वान्डो खेलाडी हुन् ।
यही बैशाख १५दखि १६ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा आयोजित राष्ट्रिय तेक्वान्डो खेलमा छात्रा तर्फको ३५–४० तौल खेलमा राष्ट्रिय प्रथम बिजेता खेलाडी हुन् । करिव दुुईवर्षदेखि तेक्वान्डो खेल सुरु गरेकी योगीको अहिले ‘टचरेड बेल्ड’ मा पुुगेकी छिन् । तेक्वान्डो खेलमा क्षमता र दक्षता विकासमा तलिन उनी अहिले प्रथम राष्ट्रिय बिजेताको उपाधी पाउदाँ खुसी गदगद छिन् । उनले भनिन– ‘ दशरथ रंगशालामा खेल्ने र बिजेताको उपाधी भिर्ने पहिलो सपना थियो । अब अन्र्तराष्ट्रिय मैदानमा भिड्ने र देश झण्डा फरफराउने सपना पुरा गर्न वाँकी छ ।’
दरशथ रंगशाला र प्रथम राष्ट्रिय पुुरस्कार थाप्नुु उनको र परिवार लागि सपना जस्तै बनेको उनले सुनाईन् । खेल प्रतिको संघर्ष र मेहनतले खेल जीवन सुरु गरेको दुुईवर्षमै त्यो सपना पुुरा गर्न सफल भएको उनी सुनाउछिन् । उनले थपिन– ‘ कहाँ स्कूल ग्राउण्ड थालनी गरेको खेलमा अहिले राष्ट्रिय गोल्ड मेडलिष्ट उपाधी हात पारेको छुु । यो म र मेरो परिवारको सबैभन्दा खुसीको कुरा हो ।’ खेल प्रतिको मोह र मेहनतले आफूले राष्ट्रिय उपाधी हात पार्न सफल भएको बताउछिन् । खेलमा लगानीभन्दा पनि लगाव धेरै भए सफल बन्न सकिने उनको भनाई छ । उनले भनिन– ‘ सायद म खेलमा लगाव राख्दैन्थ्ये भने दशरथ रंगशाला मेरो लागि बिरानो हुन्थ्यो । ’ त्यही लगाव र मेहनतले आफू त्यो ठाउँमा राष्ट्रिय खेलाडीमा रुपमा बिजेता बन्न सफल भएको बताउछिन् ।
उनी मात्रै होईन । सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत गरिमा चौधरीले पनि भर्खरै सम्पन्न प्रदेश स्तरिय एथ्लेटिक्स प्रतियोगितामा तृतिय स्थान हात पारेकी छिन् । सामान्य थारु परिवारमा जन्मिएकी गरिमा खेल क्षेत्रमा आफूलाई राष्ट्रिय ÷अन्र्तराष्ट्रिय मैदानमा आफ्नो क्षमता मञ्चन गर्ने हुटहुटी उस्तै छ । जसका लागि उनी पनि निरन्तर खेलकै तलिन छिन् । उनले भनिन–‘ एथ्लेटिक्समा म नेपाल महिला छात्रा बन्ने सपना छदैछ , अन्र्तराष्ट्रिय खेलाडीमा नाम लेख्ने रहरले मनलाई तानिरहेको छ । ’ आमाले सामान्य एग्रोभेट पसल चलाउदै ३ परिवारको गुुजरा टार्दै आइरहेको चौधरीको पारिवारिक अवस्था पनि उस्तै छ । तर खेलप्रतिको लगावले आफूलाई प्रदेश स्तरको खेलमा सफल बनाउन सकेको उनी सुनाउछिन् । उनले भनिन– ‘ त्यो उपाधी हात पार्दा खुसी बेग्लै थियो । मम्मीलाई धेरै मिस गरेकी थिए । ’
तेक्वान्डो खेलमा प्रथम राष्ट्रिय पुरस्कार र एथ्लेटिक्समा प्रदेश स्तरिय तृतिय पुुरस्कार हात पार्न सफल विद्यार्थी छात्राद्वयलाई गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयले नगद पुुरस्कार सहित सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्यले खेलाडी विद्यार्थीहरुको उत्साह र खेलप्रतिको मेहनतको सम्मान सहित खेलाडी विद्यार्थीहरुको मनोवल बृद्धिका लागि सम्मान गरिएको बताए ।