मावि सौडियारमा अंग्रेजी माध्यमबाट पढाई हुने, नयाँ भर्ना हुने विद्यार्थीहरुको परीक्षा लिइने

घोराही, ५-वैशाख/ घोराही उपमहानगरपालिका वडा नं.७ सौडियार स्थित मावि सौडियारमा नयाँ शैक्षिक शत्र २०८० बाट प्ले गु्रपदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु हुने भएको छ । अंग्रजी माध्यमबाट पठनपाठन सुरु हुने भएपछि अभिभावकहरु उत्साहित देखिएका छन् । अभिभावकहरु माझ विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यपाक, नयाँ नियुक्त भएका शिक्षक, कर्मचारीसहित घरदैलोका क्रममा पुगेको टोलीसंगको अन्तरकृयामा अभिभावकहरु उत्साहित देखिएका हुन् ।

मन्टेश्वरी विधिवाट पनि यसै शैक्षिक शत्रदेखी नै पठन पाठन सुरु हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले बताए । उनले नयाँ विद्यार्थिहरुको हकमा प्रवेश परीक्षा लिएर मात्रै विद्यालयमा भर्ना गरीने उनले बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा अभिभावकहरुको पछिल्लो मागलार्इ ध्यानमा राख्दै नयाँ आएको विद्यालय ब्यवस्थापन समितिले अग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्ने निर्णय गरेको विद्यालय ब्यवस्थापन समितिका सदस्य जिउधन चौधरीले बताए ।

चौधरीले विद्यालयमा शिक्षकहरुको नियमित उपस्थितीका लागि डिजिटल हाजिरी पनि यसै शैक्षिक शत्रदेखि लागु गरीने जानकारी दिए । यसैविच मावि सौडियारका सहायक प्रधानाध्यापक यमलाल रिजालले विद्यालयमा अग्रेजी माध्यमबाट पढाई सुरुवात भएपछि आफु उत्साहित भएको भन्दै आफ्नो वाल बच्चा पनि यसै विद्यालयमा अग्रेजी माध्यममा भर्ना गर्ने प्रतिवद्ता जाहेर गरे । उनले विद्यालय ब्यवस्थापन समिति, शिक्षक, कर्मचारीहरुसहीतको संयुक्त बैठकमा आफैले आफ्ना वच्चा अग्रेजि मिडियममा हाल्ने प्रतिवद्ता जाहेर गरेका हुन् । विद्यालय ब्यवस्थापन समितिले समितिका सदस्य, शिक्षक, कर्मचारीका छोरा छोरीलाई आफुले पढाउने विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *