‘जंगली च्याउ बेचेर पढाई खर्च जुटाउदैँ विद्यार्थी’

-शिवु खनाल

देउखुरी, (अमिलिया) ११ । दाङको लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी १२ वर्षीय नवराज कुमालको आज भोलीको दैनिकी बेच्दै आएका छन् । कुमाल प्रा.वि भ्यूसनपुर स्कुलमा कक्षा ५ मा अध्ययनरत छन् । साउन १ गतेबाट विद्यालय विदा भएपछि च्याउ खोज्न वनजंगल जाने कुमाल कोरोना भाइरसले गर्दा लकडाउनको कारण विद्यालय बन्द भएपछि यो वर्ष असार १ गतेबाट च्याउ खोज्न जाने र विक्री गरेको उहाँले बताउनुभयो ।

घरको आर्थिक अवस्था निकै दैनिय र कमजोर भएको हुनाले आफुहरु वनजंगलमा भएर खोजेको च्याउन विक्री गरेर पढाइए खर्च जुटाउदै गरेको कुमालले बताउनुभयो । उहाँले भन्नुभयो,– ‘च्याउ बेचेर दैनिकी एक हजार आम्दनी गर्दै आएको छु । एक महिनामै जंगली च्याउ (बगाले) विक्री गरि एकवर्ष भरीको पढाई खर्च तिरेर र घर खर्च समेत चल्छ ।’

पूर्वपश्चिम राजमार्ग दाङको लमही कोहलपुर सडक खण्ड अमिलिया क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुले वर्षे विदाको समयमा जंगली च्याउ विक्री गरि पढाई खर्च र घरखर्च जुटाउदै आएका थिए । यस वर्ष लकडाउनको कारण विद्यालय चाडै बन्द भएपछि यो वर्ष असार १ गतेबाट च्याउ खोज्न जाने र विक्री गरेको लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी १२ वर्षीय बद्धम कुमालले बताउनुभयो ।

लमही नगरपालिका वडा नम्बर ७, ८ र ९ मा बसोबास गर्ने बालबालिकाले वनजंगलमा पाइने जंगली च्याउ (बगाले) विक्री गरेर राम्रो आम्दानी गरेका छन् । लमहीको च्याउखोला, सतबरीया, रिहार, अमिलिया, बांङ्गेताल, हर्दवाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले वनजंगलमा पाइने जंगली च्याउ विक्री गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।

सशिकला कुमाल राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योती मा.विमा अध्ययनरत हुनुहुन्छ । उहाँले पनि विदाको समयमा घरमा आउदा आमा बुवासंग च्याउ विक्री गरेर राम्रो आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो,(। ‘गत वर्ष साउन १ गतेबाट विद्यालय विदा भएपछि च्याउ खोज्न वनजंगल जाने गरेकी थिए । यस वर्ष कोरोना भाइरसले गर्दा लकडाउनको कारण विद्यालय बन्द भएपछि यो वर्ष असार १ गतेबाट च्याउ खोज्न जाने र विक्री गरेकी हुँ ।’ ‘वनमा निकै धेरै भन्दा धेरै जातका जंगली च्याउहरु भेटिन्छन् तर मैले जंगली खाने च्याउ छुट्याउन र खान मिल्ने नमिल्ने चिनेकी छु ।’

कुनै पनि लगानी लगाउन नपर्ने हुदा, वनमा उम्रीएको च्याउबाट राम्रो आम्दानी हुने भएपछि यसप्रति आकर्षित भएको लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी सिमा भोटेले बताउनुभयो ।

लमहीको पूर्वपश्चिम राजमार्ग लमही कोहलपुर सडक खण्ड अमिलिया स्थित प्रत्येक प्रतिक्षालय तथा बाटाघाटामा च्याउकै व्यापार चलिरहेको छ । उक्त च्याउ खरिख गर्न नेपालगंज, कोहलपुर, तुलसिपुर, घोराही, लमही भालुवाङबाट पनि व्यापारीहरु लमहीको अमिलिया आउने गरेको पाएन्छ । स्थानिय प्रशासनले भने जंगली च्याउन नखान आग्रह गर्दै आइरहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *