सर्वोदय सहकारीको १५ औं साधारणसभा

दाङ, २१ साउन- सर्वोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराहीको १५ औं साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गुणाकर भुसालको अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाले गरेका बार्षिक कार्यक्रमहरुको समिक्षा गर्दै आगामी नीति, कार्यक्रम र बजेट तय गरेको छ ।
संस्थाकी उपाध्यक्ष शुष्मा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको
कार्यक्रममा शिक्षा समिति संयोजक दुर्गालाल केसी, लेखासमिति सदस्य लालजित खड्का र ऋण समिति संयोजक भुवन पोख्रेलले आआफ्ना समितिका प्रतिवेदनहरु पेश गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष महेश गुप्ताले संस्थाको आर्थिक बर्ष
२०७८/०७९ को १४ लाख ८८ हजार ५ सय ९ रुपयाँ तथा आगामी आर्थिक बर्षको २५ लाख रुपयाँको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले आगामी दिनमा शेयर सदस्य बृद्धि गर्ने, पूँजी बृद्धि गर्ने, सहकारी शिक्षा प्रवद्र्धन गर्ने, संस्थामा रिडिङ कर्नर सञ्चालन गर्ने, संस्थाका नीति नियमहरु निर्माण तथा परिमार्जन गर्ने, सदस्य कल्याणकोष स्थापना गर्ने लगाएतका
योजनाहरु पारित गरेको छ ।
कार्यक्रममा लक्ष्मी बैंक घोराही शाखा प्रमुख पदम केसी, सहकारीका शिक्षा समिति सदस्यहरु बिमल खड्का र ईश्वरीप्रसाद आचार्य तथा साधारण सदस्य कृष्ण पोख्रेलले संस्थालाई बिभिन्न सुझावहरु दिएका थिए । कार्यक्रममा असल ऋणी अमृता बुढा, उत्कृष्ट मासिक बचतकर्ता रमेशकुमार बस्नेत, नियमित
बचतकर्ता ध्रुबकुमार बस्नेत र बढी बचतकर्ता मिनराज भाटलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव गणेश केसीले गरेका थिए

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *