भुपेन्द्र केसी
टेक्सास अमेरिका । बिगत पॉंच वर्ष देखि अमेरिकामा बस्दै आएका युवाले सिरफनको सारी नामक गित निकालेका छन् । गीतकार सागर रोकायको रचना अनि चर्चित गायक गायिका पशुपति शर्मा शान्तिश्री परियार अमित बाबु रोकायको स्वर अनि टिका ओलीको संगीतमा (सिरफनको सारी) बोलको गीत भिडियोसहित बजारमा आएको छ ।
गीतकार रोकायले आफ्ना शब्दद्वारा नजिकिंदै गरेको नेपाली चेलिहरूको महान चाड तिजलाई ध्यानमा राख्दै सिरफनको सारी नामक गित बजारमा ल्याएको बताएका छन् तिज बिशेष र तिजमा चेलीका शुख:दुख:, माया पिरती र भोगाइनै गीतमा रहेकाले आफ्नो गीत व्यवसायिक भन्दा पनि यथार्थपरक भएको बताउँछन ।
आफु भर्खरै गित लेख्न थालेको सौखिन गीतकार भएकोले यसलाई व्यवसायीक रुपमा नसोचे पनि बिदेशमा रहंदा बिभिन्न खालका चाडपर्व आउँदा आफ्नो देशको यादले सताउँदा गित लेख्ने गरेको उनी बताउँछन ।
नेपाली समाज अमेरिकाले आयोजना गरेका बिभिन्न खालका सांगितिक कार्यक्रममा सहभागि हुन नछुटाउने रोकाय पछिल्लो समय नेपालमै केही गर्नुपर्छ भन्ने उद्धेश्यका साथ संगित क्षेत्रमा कलम चलाएको बताउने गरेका छन् ।