दाङका लागि आज ८० हजार लिटर पेट्रोल आउँदै, आपुर्ति दिउँसोदेखि सहज हुने

दाङ, ३१ जेठ । दाङमा आज दिउँसोदेखि पेट्रोलियम पदार्थको आपुर्ति सहज हुने भएको छ । नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका अनुसार दाङका लागि ८० हजार लिटर पेट्रोल दिउसोसम्म दाङमा आउने भएको छ ।

घोराही र तुलसीपुरका लागि ६० हजार लिटर पेट्रोल र देउखुरी क्षेत्रका लागि २० हजार लिटर पेट्रोल बिहान ५ बजे नेपालगञ्जबाट पठाएको निगमले जनाएको छ ।

भारत सरकारबाट नयाँ प्रयोगमा ल्याइएको भन्सार सफ्टवेयर बैंकमा लिंक गर्न ढिलाई भएकाले नेपालसहित भुटान,श्रीलन्का आदि देशमा निर्यात हुने पेट्रोलियम पदार्थको निर्यात पुणर् रुपमा बन्द भएको छ ।

चार दिन देखि नेपालभर डिजेल,पेट्रोल,मट्टीतेल,हवाइ इन्धन र एलपिजिको आयात पुणर्रुपमा बन्द भएको छ । सहज व्यवस्थापनका लागि नेपाल आयल निगमबाट आइओसि,भारतिय राजदुतावास तथा अन्य निकाय बाट पहल भइरहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *