चेतना अनलाइन
महेन्द्रनगरमा सम्पन्न नेपाल जेसिज वर्ष २०२५ को क्षेत्र “घ” सम्मेलनमा दाङ महिला जेसिजकी महासचिव जेसी भिमा डिसीलाई उत्कृष्ट महासचिवको रूपमा सम्मान गरिएको छ ।
नेपाल जेसिजको आयोजनामा तथा महेन्द्रनगर जेसिजको आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा एरिया “डी” अन्तर्गत रहेका ५८ वटा शाखामध्ये उत्कृष्ट प्रदर्शन गरेबापत डिसीलाई पुरस्कृत गरिएको हो ।
सक्रिय नेतृत्व, संगठनप्रतिको समर्पण र प्रभावकारी व्यवस्थापनका कारण जेसी भिमा डिसीले यो सम्मान प्राप्त गर्न सफल भएको बताइएको छ । सम्मानले दाङ महिला जेसिज र सम्पूर्ण क्षेत्र “डी” का सदस्यहरूमा थप उत्साह र प्रेरणा जागृत भएको छ ।