संस्मरण
पुरन शर्मा
तस्बिरमा देखिएको घर र मान्छे संग मेरो पुरानो संबन्ध/संझना छ,यो घरमा कैयौं दिनरातहरु बिताएका छौं भने कैयौं छाक टारेकाछौं,भुमिगत अवस्थामा न्यानोमाया/सुरक्षित आश्रयस्थल थियो यो घर !
बीस बर्सपहिले २०६०कार्तिक तिहारको अघिल्लो दिन हामी तिनभाई(साकार,शुवास र म)हाम्रोघर नवलपुरबाट तिहारे रोटि दुधसंग खाई गन्तव्यमा जाँदैथियौं,भरतपुरचौरमा (अहिले सेना बसेको)प्रहरी बसेका रैछन्,साँझको ६बजेर रेडियो स्वर्गद्वारीमा दधिराम सुबेदिको कार्यक्रम आजकाकुरा सुन्दै हिडेकाथियौं,क.साकारसंग स्यनो Sony रेडियो थियो, सल्यानि भवननेरबाट अगाडि बढ्दा झिस्मिसे भैसकेकोले प्रष्ट गतिविधि देखिन्नथ्यो,मान्छेहरु फाट्टफुट्ट हिड्दैथिए हामी गुलरिया हुँदै बयरबटुवा जाने योजनामा थियौँ,अगाडि केही कालाआकृति लहरै देखिए,सोच्यौं अजम्मरिको झ्याङ होला, हिँड्दैगर्दा ती प्रहरी भएको थाहाभयो,साकार शुवासले अगाडि नजाऊँ भनेपनि मेरो जिद्दीले हिँडिरह्यौं किनकि मलाई विश्वास थियो हामी सजिलै पारगर्नेछौं,खै कसरी त्यत्रो बिश्वास जाग्यो अचम्म लाग्छ!
कुराकानीसंगै हिड्दैजाँदा बटुवालाई खानतलासी गरेको देखिरहेकै थियौं,अर्कोबाटो जानुपर्ने गइएन,शुवास र मसंग चाइनिज पेस्तोल थियो साकरसंग रेडियो,पकडिहालेपनि घेरा तोडिन्छ फाएर गरेर भन्ने लाग्याथ्यो तर मेरो मुर्ख्याईले ढिलो भैसकेको रैछ,हामी प्रहरिको घेरामा परिसकेछौं!त्यस्तै १५/१७ जनाजति प्रहरिको समुहले हामीलाई घेरिसकेका थिए, एकजना प्रहरिले मेरो हातको नाडिमा समातेर खानतलासि गर्नथाल्यो,म झट्टपट्ट हात झट्कारेर दक्षिणतर्फ दौडिएँ,साकार मभन्दा अगाडि त्यहि घेरामै हुनुहुन्थ्यो पक्षिमतर्फ,एक्कासि आवाज आयो ठोक..ठोक..उत्तिखेरै गोलि चल्यो चट्याङsss चट्याङ अनगिन्ती,पहिले पक्षिमतिर संगै दक्षिणतिर,चौरको दक्षिणतर्फ सानो खोल्सो थियो सुख्खाकुलो म दौड्दै त्यहीँ पुगेको थिएँ, नजिकैको सिमेन्टको बिजुलिपोल गोलिको चोटले झिल्का देखिन्थे,अँध्यारो भैसकेकोथियो,दौडिने बाहेक विकल्प थिएन, पेस्तोल निकाल्ने/हान्ने समय/संभव थिएन,ढिलो भैसकेको थियो!दगुर्दैगर्दा मेरोपछाडि मान्छेलोटेकोजस्तो धडाम्म आवाज सुनियो,पछाडि फर्किने कुरैथिएन,लाग्यो शुवासलाई भेट्यो गोलिले,उहाँलाई त्यहाँको भौगोलिक ज्ञानपनि थिएन,दौड्दैगर्दा अलितल एउटा थारु घरभित्रबाट बाहिर निस्किएँ,एकजना कुवामा थिए,उनलाई मैले घरभित्र जान र सुरक्षित बस्न आग्रहगरेँ!त्यतिबेलासम्म त्यहाँको सिममा(दलदल)मेरो चप्पल भासिएर हराइसकेको थियो,गोलि निरन्तर चल्दैथियो अलि कम भएको,एकछिन पछि मेरो पछाडि मान्छे दौडेरआएको देखेँ, लाग्यो पुलिस पिछागर्दैआयोकि?तर होइन रैछ,त्योब्यक्ति शुवास भएको पाएँ,साथि जिउँदै पाउँदा निकैखुसि लाग्यो तर साकारको कुनै पत्तोथिएन!
हामी अहिलेको कृष्णसेन कलेजनेर पुग्दैगर्दा चौरमा आर्मिका दुईवटा ठुला ट्रकआइपुगे एकछिन रोकिए,लाग्यो साकारको लास उठाएहोलान्,किनकि ती ठुला ट्रकले प्राय मारिएका मान्छेमात्रै बोक्थे,केहिबेरपछि ट्रक हिडे, हामी त्यतिन्जेल मघै गाउको पक्षिमपट्टि अहिलेको कृकेटचौर भएकोतिर खेतमा बसिरहेका थियौं,डेढघण्टाजति बसेपछि हामी बयरबटुवा हुदै पन्यपुर गयौं क.बिश्वासको घरमा !
खालिखुट्टा हिलाम्मे शरीर थकितअनुहार,साथि गुमाउदाको पिडालिएर हामी घरको ढोकाखोल्यौं भित्रबाट बुढिआमा/भाउजू निस्कनुभयो त्यो हुलिया देखेर आत्तिदै सोध्नुभो,के दिने जवाफ?यथार्थ भन्यौं”साकारलाई मारे हामी मुस्किलले..” धेरैबेर मौनताछायो!एकछिनपछि भित्ताबाट रेडियो स्वर्गद्वारीमा ९ बजेको बुलेटिनआयो र भन्यो “भरतपुर चौरमा दोहोरो भिडन्तहुँदा तीन आतंककारीको मृत्यु” झुठो समाचार हामी जिउदैछौं र दोहोरो पनि हैन तर साकार नभेटिएकाले पुरापुर झुट भन्नपनि सकिएन!
आशा कतिगर्नु,रातभरिमा पनि नआए पछि?हामी निरास हुनेनै भयौं,अघि घेरामापर्दा चलाउन नसकेका पेस्तोल तयारिअवस्थामा सिरानिमाराखि रातकटायौं!
बिहानि घानताप्दै रेडियो सुन्दापनि उहीँ बनावटि समाचारनै दिन्थ्यो,”तीन आतंककारी/दोहरो भिडन्त” अन्य कुनै सुराक थिएन,एकछिनमा अचानक क.साकार आइपुग्नुभो अचम्मको खुसि छायो! मरिसक्यो भनेको मान्छे जिउँदै भेटहुनु!हामीलाई जस्तै उहाँलाईपनि भ्रमपरेछ,हामी मारियौं भन्ने,उहाले बोकेको रेडियोले पनि त्यहि समाचार दियो पटकपटक,उहाँ पुलिसलाई छक्क्याएर गुलरियामा बन्दैगरेको घर,परालको अँट्वा हुँदै पर बयरबट्वा गएर रात बस्नुभएछ,जेहोस् रातभरिको छट्पटी सिध्दियो,हिलो कपडा धोइयो नुहाइयो र लागियो अर्कोगन्तव्य!
हिजो पुस ८गते ८४ बर्सिया बुढिआमा पवि पुनको निधनपछि त्यहिघर गएपछि यति स्मरण भयो!

क.बिश्वास उतिबेला बिजौरितिरको सेक्रेटरी(Acs)हुनुहुन्थ्यो,आज कमाउन बिदेश, भई छवि संग भने भेटभयो,कटुवाखोलाका खोल ब.(साइला बुढा)क.बिशालसंगको भेटमा यी पुराना घटना संझियौ,दिवंगत पवि पुन प्रति हार्दिक श्रद्धाञ्जली एवं पुनपरिवारमा समवेदना हामी ती कठोरतम् त्यागको उपलब्धि रक्षामा अडिगछौं!
२०८०/९/९

									
									
									
									
									
									

						


										
										
										
										
										





