दिपक वलीका सात मुक्तक

१)
देस बिगार्ने नेता हैन हाम्रो हातमा छ,
नया मान्छे लिउन जनता ठुलै आटमा छ,
फोहोरि यो समाजलाइ सफा गर्दै गर्दा !!
डोजर तिमी चलाउ जनता~तिम्रो साथमा छ !!

२)
तिमिलाइ नसम्झी बसु,सासै रोकिन्छ !
सधै यादमा बसिरहु ,गासै रोकिन्छ !!
बोलाउदा नि बोल्दिनौ हिजो आज किन,
त्यसैले त आउछौ भन्ने,आसै रोकिन्छ !!

३)
तिमी हास्नु मलाइ पनि हसाइ राख है !
अहिले हैन बुढेस्काललाई बचाइ राख है !!
लिउन आउछु डोली चडि दुई चार बर्ष मा,
दु:ख सुख मेरै लागि लुकाइ राख है !!

४)
मनमा पर्ने छ रे पिरमर्का,ज्योतिषले भनेको,
सगै हुने छैनौ एक अर्का,ज्योतिषले भनेको
यति मीठो माया पाउँदा कति खुशी थिय म,
बाङ्गो रैछ हातको धर्का,ज्योतिषले भनेको

५)
मिल्छ भने तिम्राे चित्र बनाउछु !
कागजमा हाेईन दिल भित्र बनाउछु !!
अनर्थ नसाेच नराम्राे नजर छ दै छैन कसम,
धेरै हैन मात्र असल मित्र बनाउछु !!

६)
हरेक सपनीमा मैले देखेको हुन्छु,
भासिन्छ जमिन जहाँ मैले टेकेको हुन्छु,
मुस्कुराउदै भन्यो मलाई भाबिले आज,
त्यति मात्रै पाउछौ तिमी जति मैले लेखेको हुन्छु !!

७)
भलो सोचौ सबैको,असल बन्न सिकौ !
बिकाश हुन्छ सबै मिले ,पहल गर्न सिकौ !!
काम गर्नेलाइ अघि सारौ~नगर्ने लाई पछि,
नराम्रो लाई बिरोध अनि,गलत भन्न सिकौ !!

 

✍️दिपक वली
गगांदेव गा.पा.७ राकँ रोल्पा
हाल महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा अध्यनरत

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published.