अजयदीप शर्मा
बाँझा खेत,किनार र पाँखाहरुमा
प्रकृति सिङ्गारिएको मोहक सौन्र्दय
मस्त बैसमा छ साउन
पोखाउँदै बर्षातका मुहान
मन्द पवनमा लहराउँछन पिपलका पात
हृदयबाट उत्र्सजित हुन्छन उर्जाका वात
हजारौं मुस्किलसँग जुध्न
आजसँग युद्ध लड्नु छ
आफूलाई निर्माण गदैं
देशका लागि मुटुहरुलाई जोड्नु छ ।
२०८०/०४/१३ घरमुनिको पिपलबोट