चुनावी सभालाई संवोधन गर्न भोली देउवा र प्रचण्ड दाङ आउँदै

चेतना अनलाइन

घोराही, २२ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाङ आउनु हुने भएको छ । घोराही र तुलसीपुर उपमहानगरपालिको यही २५ गते आईतबार घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड दाङ आउन लाग्नु भएको हो ।

संयुक्त चुनावी गठबन्धन मार्फत स्थानीय तहको निर्वाचनमा होमिएकाले चुनावीसभालाई संयुक्त रुपमा सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड सहित केन्द्रीय स्थानका नेता तथा कार्यकर्ताहरु दाङ आउन लागेको संयुक्त गठबन्धन जिल्ला समन्वय समितिले जनाएको छ ।

घोराही र तुलसीपुरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको समेत समितीले जनाएको छ । जिल्ला समन्वय समितीको दक्षिण तर्फको शहिदमञ्च बृहत कार्यक्रम आयोजना गरीएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड घोराहीमा दिउसो २ बजे सम्बोधन तय गरिएका छ ।।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *