घोराहीमा भएको भ्रष्टाचार हामी रोक्छौं : गठबन्धनका उम्मेदवार

चेतना अनलाइन

घोराही । संयुक्त गठबन्धनका साझा उम्मेदवारहरूले घोराहीमा देखिएको व्याप्त भ्रष्टाचार रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
घोराहीको वडा नं ९ मा चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै उम्मेदवारहरूले अहिले घोराहीमा निकै धेरै भ्रष्टाचार र बेथिति भइरहेको बताएका हुन् ।

घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार हेमराज शर्मा डायमण्डले घोराहीलाई सुशासन र पारदर्शी बनाउन आफूहरूले योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अहिले घोराहीमा टुक्रे विकासको काम भइरहेको उल्लेख गर्दै अब योजनाबद्ध विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । शर्माले घोराहीको विकासका लागि ग्रामीण क्षेत्र र बजार क्षेत्रको सम्बन्ध जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


अहिलेको स्थानीय सरकारले दिगो विकासको अवधारणा अनुरूप काम गर्न नसकेको उहाँको भनाई छ ।
उपमेयर पदका उम्मेदवार भूपबहादुर डाँगीले समृद्ध घोराही निर्माण आफूहरूको प्रमुख प्राथमिकता भएको बताउनुभयो । उहाँले घोराही मुलुककै सबैभन्दा ठूलो उपमहानगरपालिका भएकाले विकास निर्माणमा पनि मुलुककै नमुना बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

घोराहीमा इन्धन, जलाशय निर्माण तथा अन्य विकास निर्माणका काम गर्दा व्यापक भ्रष्टाचार भएको उल्लेख गर्दै आफूहरू निर्वाचित भएर गइसके पछि त्यसको छानविन गर्ने प्रतिबद्धता गर्नुभयो । 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *