घोराहीको वडा नं ८ र ९ मा स्वतन्त्र र कांग्रेस उम्मेदवारले गठबन्धनलाई सहयोग गर्ने

घोराही, १७ बैशाख । घोराही उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पिताम्बर वलीले गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका धनिराम चौधरीलाई समर्थन गर्नुभएको छ ।

त्यसैगरी घोराही वडा नं ९ मा वडा अध्यक्ष पदका कांग्रेसबाट उम्मेदवारी दिनुभएका शरद बिक समिपले गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा माओवादी केन्द्रका उम्मेदवार चैतु चौधरीलाई समर्थन गर्नुभएको छ ।


वली र समिपले शनिवार विज्ञप्ति जारी गरेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँहरूले गठबन्धनको सहमति अनुसार निर्माण भएको प्यानलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो । 


वली र समिपले संयुक्त निर्वाचन परिचालन समितिका संयोजक भिमप्रकाश खड्का र सह संयोजक तुलसीराम डाँगी मिलनको रोहबरमा छलफल गरेर गठबन्धनका आधिकारी उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँहरूले विज्ञप्तिमा गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आफूहरू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

No photo description available.

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *