घाेराहीलाई समृद्ध बनाउने गठबन्धनकाे प्रमुख एजेण्डा : शर्मा

चेतना अनलाइन

घोराही, ९ बैशाख । पाँच दलीय गठबन्धनकाे तर्फबाट घाेराही उपमहानगरपालिकामा मेयर पदका साझा उम्मेद्वार हेमराज शर्मा (डायमण्ड) ले समृद्ध घाेराही बनाउने प्रमुख एजेन्डा भएकाे बताउनुभएकाे छ ।

नेपाली काङ्ग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चा र जनता समाजवादीकाे तर्फबाट घाेराही उपमहानगपालिकामा मेयरकाे उम्मेदवार बन्नुभएका शर्माले संयुक्त घाेषणापत्र मार्फत निर्वाचनमा हाेमिने बताउनुभयाे ।

उहाँले सबै वडाकाे सन्तुलित र याेजनाबद्घ विकास गर्ने गठबन्धनकाे लक्ष्य रहेकाे जानकारी दिनुभयाे । शर्माले याे गठबन्धन प्रतिगमन बिरूद्घ र संविधान रक्षाका लागि बनेकाे स्पष्ट पार्नुभयाे ।

पालिकाहरूमा गठबन्धन भएकाले कुनै ठाउँमा कुनै निर्वाचन चिन्ह र अर्काे ठाउँमा अर्कै पार्टीको चिन्हमा भाेट हाल्नुपर्ने परिस्थिति सृजना भएकाले यसलाई सामान्य लिनुपर्ने धारणा व्यक्त गर्नुभयाे । “निर्वाचन चिन्ह प्राविधिक कुरा हाे, मुख्य कुरा हाम्राे सहकार्य र इमान्दारिता नै हाे,” शर्माले भन्नुभयाे, “मुलुकमा लाेकतन्त्र प्राप्ती, संविधान निर्मान र पछिल्लाे पटक प्रतिगमन बिरूद्घकाे लडाइमा काङ्ग्रेस र माओवादी सहितका दलहरूकाे एकताले नै सफलता मिलेकाे हाे । ”

दाङकाे राजनीति पनि बिगत देखि सहकार्य र सबैकाे उचित पहलकदमीले भएकाले यश पटककाे निर्वाचनमा त्यसकाे प्रतिविम्ब देखिने गरि प्रकट भएकाे शर्माकाे भनाइ छ ।

निर्वाचन पछि पनि घाेराहीकाे विकास गर्दा गठबन्धनका पाँच ओटै दल, नागरिक समाज, उद्याेगी व्यवसायी, अन्य राजनीति दल र आम नागरिकसँग छलफल गरेर विकासका एजेन्डालाई साझा बनाएर लैजाने शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका शर्माले घाेराहीलाई पार्दशी र भ्रष्टाचार मुक्त पालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *