जनपरिचालनमा अब्बल डायमण्ड जनमतका लागि गठबन्धनबाट साझा उम्मेदवार

पाण्डव शर्मा

घोराही, ७ चैत । २०६२ सालको चैत महिना । मुलुकमा सात राजनीतिक दल र तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीको आह्वानमा देश व्यापी जनआन्दोलन शुरु भएको थियो ।


संकटकाल र राजाको प्रत्यक्ष शासन भएकाले शुरु शुरुमा सडकमा मान्छेहरूको संख्या थोरैथोरै थियो । क्रमशः जन आन्दोलनमा जनताको उभार बढ्न थाल्यो । दाङको घोराहीमा पनि आन्दोलन दिनप्रतिदिन बढिरहेको थियो । अन्तिम दिनहरूमा त घोराहीका सडकमा डेढ लाख जनता उपस्थित भएका थिए ।


त्यति बेला चर्चा चलेको थियो । यति धेरै मान्छे कहाँबाट आए ? यी मान्छेहरु को हुन् ? कसको नेतृत्वमा यति धेरै मान्छेहरू सडकमा आएका छन् ? भनेर धेरैले प्रश्न गर्ने गर्दथे ।

शान्तिपूर्ण आन्दोलनको मुल नेतृत्व कर्ता नेपाली कांग्रेस र विद्रोही शक्ति माओवादीको पहलकदमीमा जनआन्दोलन तीब्र गतिमा अघि बढिरहेको थियो । आन्दोलनमा अन्य सात राजनीतिक दल पनि थिए । सडकको नेतृत्व कांग्रेसले गरेको थियो भने जनता जुटाउने जिम्मा माओवादीले लिएको थियो ।


घोराहीको सडकमा डेढ लाख जना उतार्ने नेता थिए । हेमराज शर्मा ‘डायमण्ड’ । माओवादीका अन्य बरिष्ठ नेताहरूलाई विश्वासमा लिएर समग्र जनपरिचालनको नेतृत्व शर्माले गरेका थिए । आन्दोलनको समयमा विशेष गरेर दाङमा रहेका नेपाली कांग्रेसका नेता तथा नागरिक अगुवाहरूसँग छलफल र समन्वय गर्ने जिम्मा पनि माओवादीको तर्फबाट शर्माले नै पाएका थिए । 


दाङमा लोकतान्त्रिक र वाम शक्तिलाई एक ठाउँमा ल्याएर राजाको प्रत्यक्ष शासन अन्त्य गर्ने आन्दोलनको दाङमा नेतृत्व गर्ने उनै हेमराज शर्मा ‘डायमण्ड’ अहिले फेरी प्रतिगमनको विरुद्ध बनेको बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मुलुककै ठूलो उपमहानगरपालिका घोराहीमा मेयरको साझा उम्मेदवार बनेका छन् ।


हिजो राजाको प्रतिगमनका बिरुद्ध एक जुट भएको वाम–लोकतान्त्रिक शक्ति फेरी केपी ओलीले गरेको प्रतिगमनका विरुद्ध एक भएको छ । अहिले पनि घोराहीमा सो प्रतिगमनको विरुद्धको अगुवाइ गर्ने जिम्मा उनै शर्माले पाएका छन् । यस पटक पनि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका विभिन्न पदमा उठेका उम्मेदवारहरूलाई पनि विजयी गराउने गरी शर्माले नेतृत्व गर्ने अवसर पाएका छन् ।


‘मैले आफू मात्रै विजयी हुने भन्दा पनि नेपाली काङ्ग्रेसकोतर्फबाट उपमेरका उम्मेदवार सहित वडाहरूमा उम्मेदवार हुनुभएका सबै गठबन्धका साथीहरूलाई विजयी गराउनुपर्ने दायित्व बोकेको छु,’ शर्मा भन्छन्, ‘सबैलाई समेटेर लैजाने मेरो चरित्र हो, हामीले घोराहीबाट प्रतिगमनकारी शक्तिलाई हराउँदै समृद्ध उपमहानगरपालिका निर्माण गर्नुपर्ने जिम्मेवारी पाएका छौं ।’


गठबन्धन राष्ट्रिय आवश्यकता र प्रतिगमन विरुद्ध भएकाले सबै दलहरुले इमान्दारिता देखाउने कसम खाएको उनले बताए ।

यस्तो छ शर्माको राजनीतिक यात्रा 

पार्टीभित्र वा बाहिर डायमण्ड उपनामले चिनिने हेमराज शर्मा ‘डायमण्ड’ अहिले गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिका प्रमुखका उम्मेदवार रहेकाछन ।


कांग्रेस,माओवादी,समाजवादी, जनमोर्चा र जसपाको साझा उम्मेदवारको रुपमा रहेका डायमण्ड माओवादीका केन्द्रिय सदस्य हुन । गठबन्धनबाट देशभरका ११ उपमहानगरपालिका मध्ये दाङको घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि ‘डायमण्ड’ लाई पार्टीले एकल रुपमा उम्मेदवार भएके घोषणा गरेको छ ।


घोराही–१५ निवासी हेमराज शर्माको जन्म देउखुरी हालको गढवा–३ धैरेनीमा २०३१ साउन ५ गते भएके थियो । बुबा डिल्लीराज शर्मा, पोख्रेल र आमा कुन्तादेवी पोख्रेलको एक छोराको रुपमा रहेका ‘डायमण्ड’ का दिदी, बहिनी भने ७ जना रहेकाछन ।

२०४३ सालमा गाउको स्कूलमा कक्षा ७ मा पढ्दै गर्दा सहिद कृष्ण सेनले विद्यार्थी संगठनमा आबद्धता गराएपछि राजनीतिको सुभारम्भ गरेका हेमराजले २०४७ सालमा एसएलसी पास गरेर घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्न थालेपछि विद्यार्थी राजनीतिलाई पनि फराकिलो बनाउँदंै लगे ।घोराहीबाटै बीकम सम्मको अध्ययन सकाएर २०५३ सालमा माओवादीले संन्चालन गरेको जनयुद्धमा पूर्णकालिन कार्यकर्ता भएर होमिएका थिए । उनी सहित परिवारमा २ दिदी र २ बहिनी पनि जनयुद्धमा समाहित भएका थिए ।

त्यो मध्ये एक दिदी दामा शर्मा अहिले लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्छ । माओवादी जनयुद्धको क्रममै जनवादी विवाह गरेका डायमण्डको जीवन साथी गंगा सेन सहित १ छोरा रहेकाछन ।


सानै उमेरदेखि मेहेनती र तिक्ष्ण दिमागका हेमराज घरको निम्न आर्थिक अवस्था र वरीवरीको वातावरण कम्युनिष्टमय भएपछि उनी त्यस विचारबाट सानै देखि प्रभावित देखिन्छन् ।

पूर्णकालिन रुपले पार्टीमा होमिएपछि उनीले तल्लो तहबाटै नेतृत्व विकास गदै संगठनमा परिणाम ल्याउने गरी आफनो क्षमता देखाउने अवसर पाएका थिए । शान्त, शालिन र खदिलो विचार प्रस्तुत गर्न सक्ने हेमराज मान्छेको मनोविज्ञानलाई छिटै बुझि समस्याको समाधान तत्काल दिन सक्ने खुबी राख्छन् । जनयुद्धका वेलानै पार्टीका अध्यक्ष प्रचण्डका विश्वास पात्रमा रुपमा पार्टीका संगठन परिचालन गर्न सक्ने देशभरका अगुवा कार्यकर्तामा उनी औलामा गनिने नाममा पदर्थे ।

  युद्धकालिन समयमा कम उमेरमै पार्टी जिल्लाको सचिव पद सम्माल्न पुगेका डायमण्ड उतिवेला बनेका जिल्ला जनसरकारका नीति,योजना र विकास कार्यक्रमको मास्टर प्लान बनाउने नेता हुन ।

दाङका हरेक गाउँमा पुगेका युवा नेता डायमण्ड एक कुशल संगठक मात्र नभएर राम्रो व्यवस्थापन गर्न सक्ने क्षमता पनि राख्दछन् । त्यसको प्रमाणित उनले जनयुद्धकालदेखि शान्तिप्रकृयामा आउँदा दाङमा गरेका लाखौंको जनपरिचालन र त्यसको कुशल व्यवस्थापन गरेर देखाइसकेका छन । २०६४ को संविधान सभा निर्वाचनमा उनकै नेतृत्वमा दाङका ५ वटा निर्वाचन क्षेत्र माओवादीले हात पारेको थियो ।

पार्टी र आन्दोलनमा सर्मपणभावले लाग्ने डायमण्ड काममा रिजेल्ट दिन सक्ने नेताको रुपमा परिचय बनाएका छन । सो पीसमा देखिने भन्दा बढि योजना बनाएर त्यसलाई सफल पार्ने काम रमाउन खोज्ने ‘डायमण्ड’ले परिपक्को युवा नेताको रुपमा आफनो परिचयलाई बलियो बनाएकाछन ।

सबैका विचारलाई सुन्ने धैर्यता राख्न सक्ने र सबै किसिमको मनोभावलाई बुझेर योजना बनाउन सक्ने,समन्वयकारी अनि व्यवहारिक पक्षमा जोड दिने नेतृत्वमा हुनुपर्ने विशिष्ट गुण उनमा रहेकाले नै पार्टीले उनीलाई गठबन्धनको साझा उम्मेदवारमा उभ्याएको देखिन्छ ।

संघर्षले खारिएका एक दरिलो, विश्वासीलो अनि योजना निर्माणमा मास्टर माइण्डको व्यतिmत्वमा रहेका डायमण्ड गठबन्धनको वजन पुग्ने बलियो उम्मेदवारको रुपमा उभिएकाछन ।एमालेमा पुरानै नरुलालको अनुहार दोहरिने कुराले उत्साहहिन बनेका घोराही उपमहानगरवासी जनतामा ‘डायमण्ड’को भर्निन अनुहार चुनावी मैदानमा उत्रनुले नयाँ पुस्तामा समेत उत्साहको रौनता थपिदिएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *