माओवादी नेताद्वारा ध्यानाकर्षण

घोराही, ३ बैशाख । नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका वडा नं. १३ वडा कमिटीका सचिवालय सदस्य मोहन घर्तीले सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरुमा नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भनि भ्रमपूर्ण समाचार प्रकाशन गरेको प्रति आपत्ती जनाउनुभएको छ ।
शनिवार एक विज्ञप्ती जारी गर्दै घर्तीले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले सामान्य बसाईका क्रममा फोटो खिचेर आफूलाई नेकपा एमालेमा प्रवेश गरेको भनि सामाजिक सञ्जाल तथा सञ्चारमा माध्यमहरुमा सुचना तथा समाचार प्रकाशन प्रसारण गरी राजनीतिक गर्न खोजेको आरोप लगाउदै आफूले माओवादी केन्द्र पार्टी परित्याग नगरेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
विज्ञप्तीमा उहाँले आफूले जनयुद्धको एक इमान्दार सिपाही रहेकाले आफू माथि कुनै वैचारिक विचलन नआएकाले त्यो भ्रममा नपर्न पनि आम नेता तथा कार्यकर्ताहरुलाई विज्ञप्तीमा मार्फत अपिल गर्नुभएको छ । उक्त भ्रमपूर्ण सुचना तथा समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत समेत विज्ञप्ती मार्फत जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *