चुनावबारे शङ्का व्यक्त गर्ने अभिव्यक्ति नदिन निर्वाचन आयोगको आग्रह

चेतना अनलाइन

घोराही,  बैशाख । निर्वाचन आयोगले पालिका चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवम् कार्यकर्तालाई आग्रह गरेको छ । 


आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पालिका चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवम् कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्धारित समयमै पालिका चुनाव गर्न तयारी अन्तिम चरणमा पुगेको अवस्थामा चुनावबारे शङ्का व्यक्त गर्ने अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभयो । 

प्रवक्ता पौडेलले पालिका चुनावका लागि आवश्यक पर्ने एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाका लागि ७० लाख ३३ हजार थान मतपत्र छापिएको जानकारी दिनुभयो । अहिले दैनिक सरदर आठ लाख थान मतपत्र छपाइ भइरहेको उहाँको भनाइ छ । 


पालिका चुनाव २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गएको चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको छ । 


ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको सङ्ख्या २० हजार चार सय ६७ रहेकोमा पुरुष ११ हजार ६ सय ९४, महिला आठ हजार चार सय ८२ र अन्य दुई सय ९१ जना रहेका छन् ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *