घोराही १५ मा माओवादीको वडा कार्यलय उद्घाटन

चेतना अनलाइन

घाेराही, १८ चैत । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा पार्टी कार्यालय स्थापना गरिएको छ ।

पार्टीको काम व्यवस्थित गर्नका लागि सजिलो होस् भनेर कार्यालय स्थापना गरिएको वडा नम्बर १५ का पार्टी अध्यक्ष वामदेव रिजालले जानकारी दिनुभयो । पार्टी कार्यालयको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रेखा शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले आगामी स्थानीय तहको निर्वाचनमा माओवादीका केन्द्रले भारी मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । शिक्षा स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा माओवादी केन्द्रले दाङमा उल्लेख्य योगदान पुराएको उहाँको भनाइ थियो ।

माओवादीले घोराहीमा स्थानीय सरकारको नेतृत्व गर्न नपाएपनि संघीय सरकार तथा प्रदेश सरकारको तर्फबाट मनग्य बजे विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । विकास निर्माणमा माओवादी केन्द्रले गरेको पहल बाट प्रभावित भएर अबकाे स्थानीय तहको निर्वाचनमा जनताले घोराही उपमहानगरपालिकामा माओवादीका उम्मेदवारलाई विजयी बनाउने उहाँको दाबी छ ।

विगतको तुलनामा अहिले माओवादीको केन्द्रकाे संगठन बलियो भएको र जनमत पनि बढेकाले धेरै स्थानमा विजय हासिल गर्ने उहाँले बताउनुभयाे । वडा अध्यक्ष वामदेव रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तारा भुषालले गर्नुभएको थियो ।

कार्यक्रम उपाध्यक्ष डिल्ली पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको थियो । पार्टी कार्यालय उद्घाटन पछि माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु निर्मल आचार्य, हेमराज शर्मा “डायण्ड” र दामा शर्माले निरिक्षण गर्नुभएको थियाे । त्यसैगरी, घाेराही उपमहानगरपालिका इञ्चार्ज निर्मल महरा एटम र सचिव भागिदास चाैधरी साकारले पनि कार्यालयकाे निरिक्षण गर्नुभएकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *