कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा ब्युटिसियन तालिम शुरू

चेतना अनलाइन

घाेराही, १७ चैत । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र वैदेशिक राेजगार बाेर्डकाे आयाेजनामा सञ्चालित १ महिने जुनियर ब्युटिसिन तालिम शुरू भएकाे छ ।
तालिम उद्घाटनसत्रमा बाेल्ने वक्ताहरूले मुलुककाे आर्थिक विकासका लागि राज्यले सीप मुलक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । उनीहरूले शिक्षालयले यश क्षेत्रकाे प्राविधिक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण याेगदान पुर्‍याएकाे धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष एवम् गणतन्त्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक पाण्डव शर्माले पछिल्लाे समय सुन्दरताकाे महत्त्व बढिरहेको उल्लेख गर्दै ब्युटिपार्लर सम्भावना निकै धेरै भएकाे धारणा व्यक्त गर्नुभयाे ।

शिक्षालयका उप-प्रमुख केशरमान बुढाथोकीले शिक्षालयले वार्षिक ५ हजार जनालाई सीप सिकाउने लक्ष्य राखेकाे जानकारी दिनुभयाे ।

शिक्षालयका लेखा एवम् प्रशासकीय अधिकृत खिमराज गाैतमले ब्युटिपार्लरकाे सीप परिक्षण पास गर्न निकै मेहनत गर्नुपर्ने बताउनुभयाे ।

तालिमकाे प्रशिक्षक मुना पाण्डे र सहायक प्रशिक्षकमा ज्ञानमाला जिएम रहनुभएकाे छ । तालिममा दुई सिफ्टमा ४० जना सहभागी छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *