जनताको जीवनस्तर उकास्ने योजना माओवादीसँग मात्रै छ : शर्मा

चेतना अनलाइन

घोराही, १५ चैत । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य अजयदीप शर्माले जनताका एजेन्डा माओवादीसँग मात्र भएको बताउनु भएको छ ।

माओवादी केन्द्रले घोराही उपमहानगरपालिका वडा नं ८ को जागृति टोलमा आयोजना गरेको जन भेटघाट कार्यक्रमामा बोल्दै शर्माले मुलुकको विकासको स्पष्ट योजना माओवादीसँग मात्रै भएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा जनपक्षीय उम्मेदवारहरूले विजयी हासिल गर्न सकेमा मात्र विकास निर्माणको कामले गति लिने धारणा व्यक्त गर्नुभयो ।
माओवादी केन्द्र दाङ निर्वाचन क्षेत्र २ (ख) का इञ्चार्ज समेत रहनु भएका शर्माले माओवादीको पहलकदमी ल्याइएको परिवर्तनलाई संस्थागत गर्नेु अहिलेको प्रमुख कार्यभार रहेको स्पष्ट पार्नुभयो । उहाँले यस पटक पार्टीले अघिल्लो पटकको स्थानीय तहको निर्वाचन भन्दा धेरै सिट हासिल गर्ने दावी गर्नुभयो ।

घोराही उपमहानगरको विकासका लागि स्पष्ट गुरु योजना आवश्यक भएको उल्लेख गर्दै शर्माले टुक्रे विकासले समृद्धि हासिल गर्न नसकिने ठोकुवा गर्नुभयो ।

माओवादी केन्द्र घोराही ८ का अध्यक्ष पिताम्बर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आइतमालि वलीले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *