चेतना अनलाइन
घाेराही, १४ चैत । पूर्व मन्त्री रेखा शर्माले खेल क्षेत्रकाे विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएकाे छ ।
अल्फा तेक्वान्दो डाेजाङ दाङकाे आयाेजनामा घाेराहीमा शुरू भएकाे प्रथम अल्फा दाङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०७८ काे उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले खेल क्षेत्रकाे विकासका लागि सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद क्षेत्रकाे महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयाे । पछिल्लो दुई वर्ष काेराेना महामारीका कारण लामाे समय विद्यालयहरू बन्द भएकाे र घर भित्र लामाे समय बस्नुपर्दा मानसिक स्वास्थ्यमा असर गरेकाे शर्माकाे भनाइ छ ।
राज्यले खेलाडीहरू सम्मान गर्ने कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयाे । शर्माले खेल क्षेत्रकाे विकासका लागि आफूले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
जिल्ला खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख पद्मा चाैधरीले अहिले खेल क्षेत्रमा पर्याप्त बजेट विनियाेजन नभएकाले सरकारले ध्यान दिनुपर्ने बताउनुभयाे ।
प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्माले अन्तर्राष्ट्रिय जगतमा मुलुककाे पहिचान दिलाउन खेल क्षेत्रकाे भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयाे ।
अल्फा तेक्वान्दो डाेजाङ दाङका अध्यक्ष पदम खत्रीले बालबालिकाहरू विभिन्न खाले क्षमता विकासका लागि खेलकूदमा राज्यले बृहत् याेजना ल्याएर काम गर्नुपर्ने आवश्यकता ओैंल्याउनुभयाे ।
सुनिता विष्टको अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चाला पत्रकार चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियाे ।