पूर्वमन्त्री शर्माको उद्घोष : मुलुक माओवादीको एजेण्डामा चलेको छ, समृद्धि पनि माओवादीबाट मात्रै सम्भव

चेतना अनलाइन

लमही, १२  चैत  । नेकपा माओवादी केन्द्रका वरिष्ठ केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रेखा शर्माले मुलुक अहिले माओवादीको एजेण्डामा चलेको बताउनुभएको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपक्षता र समावेशी समानुपातिकको एजेण्डा माओवादीको भएको उहाँले बताउनुभयो । ‘अहिले देश माओवादीको एजेण्डामा चलेको छ, माओवादीको दश वर्षे जनयुद्ध हुँदैन थियो भने अहिले देशमा सामन्ति शासन चल्ने थियो,’ शर्माले भन्नुभयो, ‘अब पनि मुलुकलाई सहि ढंगले अगाडी बढाउनका लागि मुलुकको नेतृत्व माओवादीले गर्नुपर्छ ।’ माओवादीको नेतृत्वमा मात्र मुलुकको आर्थिक समृद्धि हुने उहाँको भनाई छ ।

शर्र्माले माओवादी कार्यकर्ताहरु ठूलो त्याग र बलीदानका बाबजुद निर्माण भएको भन्दै ससाना लोभ देखाउँदैमा दायाँबायाँ लाग्न नहुने बताउनुभयो । नेकपा माओवादी केन्द्र लमही नगर कमिटीले आयोजना गेको बैचारिक प्रशिक्षण कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री शर्माले माओवादीका एकाद कार्यकर्ता बैचारिक विचलन देखाएर आन्दोलनबाट प्राप्त उपलव्धी गुमाउने लाइनमा जाने चेष्टा गरे पनि उहाँहरु मओवादीमै फर्कने विश्वास ब्यक्त गर्नुभयो । जनताको समस्याबाट माओवादी कहिल्यै नभाग्ने भन्दै उहाँले विरोधी दलले खदि गर्न सकिन्छ की भनेर नसोच्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘जनयुद्धको भट्टीबाट खारिएर आएका हामीहरु पैसा पदमा बिक्दैनौ, हामी सच्चिनु पर्ने ठाउँ छ, सच्चिन सक्छौं ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *