लोकतन्त्र र माओवादीको एजेन्डा बचाउन काङ्ग्रेससँग गठबन्धन : शर्मा

जगत खनाल
दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) राप्ती गाउपालिका संगठन कमिटी को आयोजना मा वडा नम्बर २ मा रहेको महिला भवनमा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र ) राप्ती गाउपालिका संगठन कमिटी का अध्यक्ष स्यामेश चौधरीको अध्यक्षता तथा पार्टी का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दामा शर्माको प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि शर्माले २०६४ को चुनावलाई सम्झदै नयाँ जोस र जागरका साथ आसन्न स्थानीय चुनावमा गठबन्धन बिना विजयको झण्डा फराउन कार्यकर्ता लाई निर्देशन दिनु भएको थियो ।

उक्त कार्यक्रममा नेतृ शर्माले संविधान , लोकतन्त्र र माओवादी पार्टीको बलमा स्थापित एजेन्डा बचाउनको लागि काङ्ग्रेस संग गठबन्धन गर्नु परेको जिकिर गर्नुभएको थियो ।

देश अहिले माओवादी को एजेन्डा मा चलेको बताउदै कार्यकर्ता लाई कत्तिपनी निरास नहुन आग्रह गर्नु भएको थियो ।

तिनै तहको निर्वाचन सम्म गठबन्धन राखिरहने बताउदै नेतृ शर्माले हरेक पालिकामा आवश्यकता अनुसार गठबन्धन हुने बताउनु भएको थियो ।

उक्त कार्यक्रममा आफ्नो भनाइ राख्दै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङ निर्वाचन नम्बर एकका इन्चार्ज लुम बहादुर कार्की , लुम्बिनी प्रदेश कमिटी सदस्य प्रमिता चौधरी , दाङ जिल्ला सचीव बिश्वराज आचार्य , राप्ती अइन्चार्ज चित्र बहादुर थापा ले आसन्न निर्वाचन जसरी पनि जित्नु पर्ने बताउदै नयाँ कार्यक्रम र योजना जनता लिएर जान कार्यकर्ता लाई आग्रह गर्नु भएको थियो ।
गाउँपालिका संगठन कमिटी उपाध्यक्ष रण बहादुर पुजाली को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन पार्टी सचीव तुला गिरिले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *