गठबन्धन तीनवटै तहकाे निर्वाचनसम्म : महरा

चेतना अनलाइन

घाेराही, १० चैत । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सत्तारुढ दलहरुबीच आगामी तीनवटै निर्वाचनमम गठबन्धन हुने बताएका छन् ।

पार्टीको तुलसीपुर नगर कमिटिले विहीबार आयोजना गरेको राजनैतिक तथा बैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै महराले दलहरूबीचाे गठबन्धन भत्काउन षड्यन्त्र भइरहेकाे आराेप लगाए । ‘यो गठबन्धन भत्काउने पक्षमा हामी छैनौं,’,उनले भने, ‘किनकी यो संविधान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरीपेक्षता, समानुपाति, समावेशितालाई जोगाउन बनेको गठबन्धन हो ।’

महराले पाँचवटा पार्टीका मान्छेहरु आफ्नो पार्टीमा आउन लागेको बताए । पाँचवटा पार्टीका मान्छेसँग कुराकानी भइरहेको भन्दै उनीहरु छिट्टै माओवादी केन्द्रमा आउने बताए । ‘म काठमाडौंबाट दाङ फर्किदा पाँचवटा पार्टीका मान्छेहरुसँग कुराकानी गरेर यहाँ आएको हुँ, मेरो संयोजकत्वमा गिरिराजमणी र कार्यालय सचिब श्रीराम ढकाललाई वार्ताको जिम्मा पार्टीले दिएको छ’,उनले भने ‘केही दिनमा पाँचवटा पार्टीका मान्छेहरु माओवादी केन्द्रमा आउँदैछ्न ।’

केही असन्तुष्टि पोख्ने मान्छेहरु बाहिर जाने भएपनि आउने क्रम पनि जारी रहेकाले कोही जाँदैमा निराशा हुनुपर्ने अबस्था नरहेको उनको भनाई छ । असन्तुष्टि पोख्नेहरु गएपनि केही समयमा पार्टीमै फर्किने समेत उनले बताए ।
‘पहिले एमालेमा गएकाहरुसँग पनि सम्पर्क भइरहेकाे छ, उनीहरुको कुरा सुन्दा अहिले यता न उता भएको जस्तो कुरा गर्छन्,’ महराले भने ‘त्यसैले काेही अर्काे पार्टीमा गए भन्र निराश हुनुपर्ने अवस्था छैन ।’
उनले जनतासँग नियमित जोडिएर काम गर्न नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरे । महराले पार्टीको आठौं महाधिवेशनले सिद्धान्त र व्यबहारलाई आत्मसात गर्दै अघि बढ्ने निर्णय गरेको उल्लेख गर्दै सोही अनुसार अघि बढिरहेको समेत बताए । ‘हामीले सिद्धान्तलाई आत्मसात गर्ने हो, हामी सच्च कम्युनिष्ट हौं, सिद्धान्त र विचारको नाममा मोहनविक्रम, मोहन बैद्यजीहरु जस्तो पनि हुने होईन, व्यबहारमा केपी ओली पनि हुने होईन्’,उनले भने “ओलीमा सिद्धान्त बिर्सने, व्यबहारलाई नहेर्ने प्रवृत्ति छ, भोलि हेर्ने पर्सी नहेर्ने प्रवृति राख्ने होईन् ।’ महराले आफ्नाे पार्टीको महाधिवेशनले समाजवादमा पुग्ने लक्ष्य राखेको समेत बताए ।

तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रेखा शर्माले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको भन्दै यसलाई संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताईन् । अहिले माओवादी केन्द्रले ल्याएका उपलब्धीहरुलाई सिध्याउने प्रयास भइरहेको समेत उनले बताइन ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य, धनबहादुर मास्के‘, नारायणी शर्मा, केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी , लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

उपाध्यक्ष शान्ति महतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब तुलाराम भण्डारीले गरेका थिए । प्रशिक्षणमा पार्टीका नगरकमिटिदेखि टोल कमिटिसम्मको सहभागिता रहेको थियो । त्यस अवसरमा बिभिन्न पार्टी परित्याग गरि केही ब्यक्तीले माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *