चेतना अनलाइन
घाेराही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ ।
बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताउनुभएकाे हाे ।
‘स्वास्थ्य उपचार नागरिकको जीवनसँग जोडिएको सबैभन्दा महत्वपूर्ण कुरा हो’ उहाँले भन्नुभयाे , ‘यसमा राजनीतीकरण गर्न थालिए समस्या उत्पन्न हुन्छ सक्छ ।’ शेरचनले मेडिकल साइन्स् जीवन प्रदान गर्ने क्षेत्र भएकाले निष्पक्ष ढंगले काम गर्दै स्वास्थ्य सेवाको विकासमा लाग्नु पर्नेमा जोड दिनुभयाे ।
२०६३ सालमा शेरचन स्वास्थ मन्त्री हुँदा तत्कालिन महेन्द्र अस्पताल राप्ती उपक्षेत्रीय बनाउने घाेषणा गरिएकाे थियाे । आफूले उपक्षेत्रीय अस्पताल बनाउने निर्णय गरेकाे अस्पताल अहिले प्रतिस्ठान बनेर सेवा सुविधा बिस्तार भएकाेमा उहाँले खुसी व्यक्त गर्नुभयाे ।
प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तारसँगै मेडिकल शिक्षा सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयाे । उहाँले प्रतिष्ठानको स्तरउन्नतिका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार भएको बताउनुभयाे ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले आगामी शैक्षिक सत्रदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयाे ।
प्रतिष्ठानमा विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुने प्रतिष्ठानका शिक्षाध्यक्ष लामिछानेले जानकारी दिनुभयाे ।
प्रतिस्ठान स्थापनाका पहलकर्ता नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गाैतमले प्रतिस्ठानकाे विकासका लागि सबै राजनीति दलहरूबीच सहकार्य हुनुपर्ने आवश्यकता ओैंल्याउनुभयाे । शैक्षिक तथा स्वास्थ्य क्षेत्रका अभियन्ता समेत रहनुभएका गाैतले प्रतिस्ठान नेतृत्वले सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता ओैंल्याउनुभयाे ।
नागरिक समाज दाङका पूर्व संयाेजक चन्द्रराज पन्तले उपक्षेत्रीय अस्पतालकाे जग बसाल्न शेरचनले खेलेकाे भुमिका प्रशंसनीय भएकाे उल्लेख गर्दै थप विकासका लागि अझ पहल गर्न आग्रह गर्नुभयाे ।