विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश

चेतना अनलाइन
घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् ।

वडा नम्बर १६ को बाहुनडाँडामा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस पार्टी परित्याग गरी वासुदेव चौधरी माओवादीमा प्रवेश गरेका हुन् । यसैगरी नेकपा एमाले परित्याग गरी चिजमान चाैधरी, बालकुमार डाँगी, सरिता विक र गणेश बीक माओवादीमा प्रवेश गरेका हुन् ।

नव प्रवेशिहरुलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य निर्मल महरा एटम र माओवादी घोराही उपमहानगरपालिकाका अध्यक्ष प्रमाेद शर्माले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महराले वास्तविक रुपमा जनताको एजेण्डा माओवादीले बोकेकाले जनताको समर्थन प्राप्त भइरहेको बताउनुभएको थियो । उहाँले विकास निर्माण देखि राष्ट्रियताको सवालमा माओवादीले अडान लिईरहेको स्पष्ट पार्नुभयो ।

आगामी स्थानीय तहको निर्वाचनमा माओवादीलाई व्यापक जनसमर्थन प्राप्त हुने महराको भनाई छ ।

कार्यक्रममा बोल्दै माओवादी घोराही उपमहानगरपालिकाका अध्यक्ष प्रमोद शर्माले घोराही उपमहानगरपालिकाको विकासमा माओवादीले पहल गरिरहेको बताउनुभयो ।

उहाँले अहिलेको स्थानीय सरकारले जनअपेक्षा अनुसार काम नगरेको समेत आरोप लगाउनुभयो ।
वडा अध्यक्ष देउमन दमाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका उपाध्यक्ष वीरमान चौधरीले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *