प्राप्त उपलब्धि गुम्ने खतरा बढ्याे : डायमण्ड

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) ले दशवर्षे जनयुद्धले ल्याएको राजनीतिक परिवर्तनको उपलब्धि गुम्न सक्ने खतरामा रहेको बताउनुभएको छ ।

नेकपा माओवादी तुलसीपुर – १८ ले आयोजना गरेको -> पूर्वजनमुक्ति सेना सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले यस्तो बताउनुभएको थियो । नेकपा माओवादी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष लोकबहादुर बहकरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले दशवर्षे जनयुद्धकै कारण जनताले अधिकार प्राप्त गरे पनि आन्तरिक तथा बाह्य हस्तक्षेपका कारण उपलब्धिहरु गुम्ने खतरामा रहेको बताउनुभयो ।

जनयुद्धले जनताको अधिकार सुनिश्चित गर्दै आफ्नो संविधान आफै निर्माण गरे पनि प्रतिक्रियावादी शक्तिहरुले त्यो संविधान स्वीकार गर्न नसक्दा संविधान विपरीतका अनेकौं काम गरिरहेको बताउनुभयो । अहिले मुलुकमा तिनै शक्तिहरुले सहयोगका नाममा मुलुकको स्वाधीनता खतरामा पार्ने काम गर्न खोजिरहेको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तुलसी डाँगी (मिलन) ले मुलुकको स्वाधीनताको रक्षाका लागि राष्ट्रवादी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो । कार्यक्रममा माओवादीका नेता शेषुराम भण्डारीलगायतले बोल्नुभएको थियो । पार्टी सहसचिव गिरिराज नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव डिल्ली ददेलले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *