राष्ट्रिय प्राध्यापक संगठन महेन्द्र क्याम्पस दाङकोअध्यक्षमा सुवेदी

चेतना अनलाइन


घोराही, ३ फागुन । नेपाल राष्ट्रिय प्राध्यापक संगठन, महेन्द्र बहुमुखी क्याम्पस दाङको अध्यक्षमा विमल सुवेदी चयन हुनुभएको छ ।


संगठनको मंगलबार भएको भेलाले सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दिवाकर शर्मा, सचिव निर्मल गौतम, सहसचिव महावीर घर्ती र कोषाध्यक्षमा प्रविण शर्मा रहनुभएको छ ।

संगठनको कार्यसमिति सदस्यमा देवेन्द्र अधिकारी, रमेश लम्साल, लोकबहादुर विसी र कर्णबहादुर पुन चयन हुनुभएको छ ।


संगठनको सल्लाहकारमा प्रा. डा. धरणी कुमार शर्मा (सुवेदी) र हरिबहादुर रावत चयन हुनुभएको सचिव निर्मल गौतमले जानकारी दिनुभयो । 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *