देशकाे स्वाधीनताकाे रक्षा गर्नु अहिलेकाे प्रमुख कार्यभार : गाैतम

चेतना अनलाइन

घाेराही, १ फागुन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गाैतमले देशकाे स्वाधीनताकाे रक्षा गर्नु अहिलेकाे प्रमुख कार्यभार भएकाे बताउनुभएकाे छ ।

माओवादी केन्द्र घाेराही उपमहानगर समितिले २७ ओैं जनयुद्ध दिवसकाे अवसरमा आयाेजना गरेकाे रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै गाैतमले संशोधन विना एमसीसी पास नहुने स्पष्ट पार्नुभयाे ।

उहाँले मुलुक परिवर्तनमा जनयुद्धको भुमिका महत्वपूर्ण भएकाे उल्लेख गर्दै जनयुद्धबाट प्राप्त भएका उपलब्धिहरूकाे रक्षा गर्न अझै संघर्ष गर्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्र दाङका संयाेजक सुवास पुनले माओवादी आन्दाेलनलाई बदनाम गर्नेगरी भइरहेका प्रचार चिर्नु पर्ने बताउनुभयाे । केही शक्ति जनयुद्धलाई अपराधिकरण गर्ने गरि प्रचार गरिररहेकाे उहाँले सचेतपूर्ण तरिकाले सहि कुरा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

माओवादी घाेराही नगर अध्यक्ष प्रमाेद शर्माले अहिले माओवादी नेतृत्व बिरुद्ध भइरहेकाे दुस्प्रचारकाे बताउनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *