चेतना अनलाइन
घाेराही । घोराही उपमहानगरपालिका वडा नं १४ को वालमन्दिर आधारभूत विद्यालयमा आज पाँचौ दिन वडाका सम्पूर्ण विद्यालयहरुको व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक एवं लेखापालहरुलागि आयाेजना गरिएकाे तालिमको समापन गरिएको छ।
वडाअध्यक्ष शक्तिराम डाँगीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि विनोद गौतम, प्रशिक्षक डिल्लकान्त आचार्य, उत्तम खनाल, बावुराम अधिकारीलगायतका व्यक्तित्त्वहरूले आआफ्नो महत्वपूर्ण भनाई राख्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण वालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु भन्डारीले गर्नु भएको थियो।