अर्घाखाँची , २९ माघ । अर्घाखाँची र कपिलवस्तुको सिमाना कोठीखोलाबाट हतियार सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–२ को मनकामना सामुदायिक वनको कोठीखोलाबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो ।
गस्तीमा गएको पिपराको प्रहरी टोलीले २ थान भरुवा बन्दुक सहित शितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र त्यसै ठाउँका २८ वर्षीय खेमु मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको बारेमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।