एमसीसीको विषयमा भएन सहमति, संशोधन विना संसदबाट अनुमोदन नगर्ने माओवादी अडान

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०का विषयमा साझा धारणा बनाउने प्रयास सफल हुन सकेको छैन। गठबन्धनका शीर्ष नेताहरू एमसीसीबारे एकमत हुन सकेका छैनन्।

Advertisement. Custom Text

एमसीसीमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज गठबन्धनका शीर्ष नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए। तर, उक्त बैठक बिना निष्कर्ष टुंगिएको छ।

बैठकमा देउवाले संसदमा एमसीसी टेबुल गर्न ढिलो नगरौं भनी प्रस्ताव राखेका थिए। तर, जवाफमा दाहाल र नेपालले एमसीसीबारे सबै दलहरूबीच साझा धारणा बनाउनुपर्ने बताएका थिए। एमसीसीमा सहमति नजुटेपछि बैठक फेरि बस्नेगरी टुंगिएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताए।

‘आज बसेको बैठकमा कुनै निष्कर्ष निस्किएन, बैठक फेरि बस्ने कुरा भएको छ,’ उनले भने। नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी केन्द्र एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने लाइनमा छ। नेकपा एसले भने एमसीसीको विरोध गरिरहेको छ।

यस्तै, उनीहरुबीच फागुन २ गतेको संसद बैठक सार्ने विषयमा पनि छलफल भएको बुझिएको छ। नेकपा एमालेले २ गतेको बैठक सञ्चालन नगर्न आग्रह गरेपछि प्रचण्ड र नेपालले ४ गते बैठक राख्न सकिने सुझाव दिएका छन्।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published.